अर्घाखाँची ।
नयाँ नेतृत्वको चयन गर्दै अखिल नेपाल महिला संघ अर्घाखाँचीको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले महिला नेतृ दिपा आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा ४५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा सुनिता भट्टराई र शान्ता नेपाली ,सचिव मेनुका पौडेल ,सह-सचिव तुलशा बि.क.र कोषाध्यक्षमा सरस्वती खनाल रहनुभएको छ ।
यसैगरी सदस्यमा दुर्गा घिमिरे ,नर्मदा पौडेल ,कौशिला पोख्रेल ,पार्वता खनाल ,बालकुमारी राना,पवित्रा कुमारी श्रेष्ठ ,सरस्वती पोख्रेल ,सीता खनाल ,मिना पाण्डे ,कमला सारु,पार्वता आचार्य,पार्वता भुसाल ,कमला खनाल ,गीता ढुङ्गाना,मित्रा रेग्मी भुसाल ,पार्वता श्रेष्ठ ,सरस्वती आचार्य,कुसुम अधिकारी ,राधा पराजुली ,सीमा थापा,गीता अधिकारी ,उरोजा बसेल,बिमला बेल्वासे,माया रायमाझी ,कल्पना भुसाल ,मिना क्षेत्री ,शुशिला थापा,पद्मा पन्थी ,मीना थापा ,सरस्वती पाण्डे ,शान्ता श्रीस मगर ,शान्ता खनाल ,विष्णु पन्थी ,विष्णुमाया गैरे,हरिकला पन्थी ,मनकला बि.क.,शारदा बि.सी.,धनि राणा ,उर्मिला खनाल र डालकुमारी भण्डारी रहनुभएको छ ।
यसैगरी अनेमसंघको युवा कमिटीमा लक्ष्मी आचार्य,अनिता अधिकारी ,सिर्जना गौतम ,अमृता नेपाली ,बिमला चुँदाली,शर्मिला श्रेष्ठ ,सीता पन्थी ,राधा खनाल,शारदा परियार र माया बि.सी.छनौट हुनुभएको छ ।
यस अघि सम्मेलनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले महिला अधिकार सुनिश्चितताको निम्ति एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि महिलाहरूले पुर्ण रुपमा अधिकार पाउन नसकेको भन्दै सामन्ती संस्कार र अतिवादी चिन्तन महिला अधिकारको निम्ति बाधक रहेको वताउनु भयो ।
समाजमा बिद्यमान सबैखाले खराब प्रवृत्ति र अतिवादको अन्त्य गरिनुपर्नेमा उहाँको जोड थियो ।
वर्तमान सरकार बाट कुनै पनि वर्ग र समुदायका समस्या समाधान हुन नसक्ने भन्दै रायमाझीले नेकपा एमाले सबै वर्ग ,क्षेत्र र समुदायका समस्या समाधान गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले मुलुकमा सामन्ती युगको अन्त्य भएपनि सामन्ती संस्कार र संस्कृति कायमै रहेको बताउनुभयो । राजनीतिक परिवर्तन बाट मात्रै समुन्नत समाज निर्माण हुन नसक्ने भन्दै उहाँले आर्थिक,सामाजिक र सांस्कृतिक क्रान्तिको खाँचो औल्याउनु भयो । नेता खड्काले वर्गीय मुक्ति बिना उत्पिडित समुदाय र शोषित वर्गको उत्थान हुन नसक्ने भन्दै संगठन निर्माणलाई एउटा आन्दोलनको रुपमा अगाडि लैजानु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पीताम्बर भुसालले सबै वर्ग र समुदायको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जाल्पा भुसाल र अनेमसंघका केन्द्रीय सचिवालय सदस्य बिजुला रायमाझीले राज्यका हरेक निकायमा महिलाहरूको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । जनसंख्याको आधारमा महिला सहभागीता हुनुपर्नेमा उहाँहरुको जोड थियो ।
अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु आचार्यको अध्यक्षता ,उपाध्यक्ष माया भुसालको स्वागत मन्तव्य र सचिव शुशिला गैरेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल ,केवी भुसाल ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,सचिव तोजबहादुर रायमाझी ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,कार्यालय सदस्य लिलबहादुर बि.क., प्रदेश क्षेत्र नं.२ का संयोजक रामचन्द्र पोख्रेल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युबराज श्रेष्ठ ,अध्यक्ष श्रीकृष्ण भुसाल,पार्टी स्कुल बिभाग प्रमुख ध्रुब के.सी. लगायतका नेताहरुको उपस्थित थियो ।
कार्यक्रम ठुलो संख्यामा महिलाहरुको सहभागीता रहेको थियो ।