बागमती प्रदेश- काठमाण्डौ ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा 'दोस्रो वडा अध्यक्ष दौड' प्रतियोगिता वडा कार्यालय प्राङ्गणबाट शुरु भई घट्ट बसपार्क देबी बाल सुधार स्कुल हुदै पुन वडा कार्यलयमा आई सम्पन्न भएको छ।
सुन्ताखान युवा क्लब गोकर्णेश्वरको आयोजना भएको उक्त प्रतियोगितामा वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो ।प्रतियोगितामा करिब ३७ जना पुरुष र १७ जना महिलाको सहभागिता रहेको थियो ।
नगरपालिकाका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्दै वडा भित्रका दौडमा रुची रहेका महिला तथा पुरुषहरुको सहभागिता गराउदै प्रतिभा प्रष्फुटन गर्ने उदेश्य सहित क्लबको बार्षिक कार्यक्रम अन्तरगत दोस्रो वडा अध्यक्ष दौड प्रतियोगिता -२०७८ सम्पन्न गरिएको हो।प्रतियोगितामा बिजेता पुरुष तर्फका प्रथम सन्तोष लामा,द्वितीय मिलन तामाङ र तृतीय समर्पण थुलुङ,चौथो अरुण लामा र पाचौ स्थानमा ग्रीषमान श्रेष्ठले पर्न सफल भएका थिए।त्यसैगरी महिला तर्फबाट प्रथम स्थान कमला पुरी ,द्वितीय रजनी श्रेष्ठ,तृतिय रसिका बिष्ट,चौथो प्रजिता तामाङ र पाँचौ स्थानमा आशिका मगर आएकी थिइन् ।प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सबै धावक खेलाडीहरूलाई प्रथम द्वीतीय र तृतीय हुनेलाइ कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख सन्तोष चालिसेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्रद्वारा सम्मान गरेका थिए।
कार्यक्रममा उपप्रमुख शान्ति नेपाल, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा सदस्य लक्ष्मण गोले, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगर खेलकुद संयोजक सञ्जय लामा, समाजसेवी किरण विष्ट, बीपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा मन्तब्य राख्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले खेलकुदलाई नगरले पहिलो प्राथमिकतामा राख्दै खेल मार्फत गोकर्णेश्वर नगरपालिका लगायत नेपाललाई बिश्वभर चिनाउने उदेश्य सहित बिभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनहरुमा पनि निरन्तर लागिरहने बताएका थिए।
अन्त्यमा कार्यक्रमका सभापति तथा वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले हाम्रो निमन्त्रणालाई सहस्र स्वीकारी उपस्थित सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए !