दोहा कतार,साउन २६। दोहामा नियमित रुपमा संचालन गर्दै अनेसास नवोदित साहित्यिक वाचनालय कतारको साहित्यिक वाचन डबलीको १२७ औ शृङ्खला सम्पन्न भएको छ।
राष्ट्रिय गान गाएर औपचारिक शुरुवात गरिएको कार्यक्रममा साहित्यकार सुरेश परियार 'आभास' कि ममतामयी आमाको निधन प्रती गहिरो समबेदना प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो। साहित्यकार सोम थापाको संयोजकत्व तथा संचालनमा भएको डबली कार्यक्रममा बिशिस्ट अतिथी तनहु सेवा समाज कतारका अध्यक्ष पदम गिरि रहेका थिए।
निर्धारित समयमा शुरु भई निर्धारित समयमै सम्पन्न हुने पहिचान कायम गरेको एक मात्र कार्यक्रम साहित्यिक वाचन डबलीमा कतारमा रहेका दर्जनौं साहित्यकारहरुले आफ्ना दमदार रचनाहरु वाचन गरेका थिए।साहित्यिक रचनाहरु वाचन गर्ने साहित्यकारहरुमा राम आचार्य, देबेन्द्र खतिवडा, भक्ति न्यौपाने,राम प्रसाद पराजुली,अर्जुन पौडेल,गणेश क्षेत्री,रामजी अधिकारी,सन्तोष तिमिल्सिना,लिलानाथ घिमेरे,प्रकाश पाठक योगी,चक्र कार्की,रमेश भट्टराई ,भोला बस्नेत,लेखनाथ रावत,दिलिप पराजुली,सानू थपलिया,बद्री निरौला,शेखर बस्नेत,दिप मिलन,नारायण भण्डारी 'निर्जल', लेख कार्की,प्रेम प्रसाद भट्टराई,सिताराम थापा,खेम सुवेदी,मणि पौडेल ,टीका खड्का 'राष्ट्रप्रेमी',रोशन खड्का, बद्री निरौला लगायतका साहित्यकारहरुको दमदार रचना वाचन गरिएका थिए।
कार्यक्रममा अनेसास कतारका पुर्व अध्यक्ष तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले एक थान साउन्ड बकस अनेसास कतार शाखाका अध्यक्ष मणि पौडेल तथा नवोदित साहित्यिक वाचनलाय कतारका अध्यक्ष अध्यक्ष टीका खड्का 'राष्ट्रप्रेमी' को हातमा सहयोग अनुरुप हस्तान्तरण गरेका थिए।वाचन डबलीको अन्तिममा को 'कुहिरो' नामक गजल संग्रह सार्वजनिक गरिएको थियो।