दाङ तुल्सीपुर, राष्ट्रिय संगीत कर्मी संघ दाङको मंगलबार तुल्सीपुर उप महानगरपालिकाको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट दिपक ओलीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन भएको छ।
जसको बरिस्ठ उपाध्यक्ष - हरि राणा मगर, प्रथम उपाध्यक्ष - उषा दसौटी,उपाध्यक्षहरुमा कमल खड्का,दिपक बर्मा,हरिकला बुढा,श्रीधर कडेल, सचिवमा- भिम बहादुर वली, सह सचिवमा - इश्वर बि. सि,प्रवक्तामा - रमेश ओली,कोषाध्यक्षमा- टंक खड्का ,सह कोषाध्यक्षमा- वीर बहादुर बि.क.रहेका छन् भने सदस्यहरुमा करण वली,दामोदर के.सी,रमेश जैशी,हर्क बहादुर बि.क,बेल मति बि.क,पुजा बि.क,पार्वती बि.क.,बसन्त बाबू ओली,आशा बुढामगर,बिमला थापा मगर ,लोक बहादुर बि क,हरि प्रसाद पाण्डे ,अस्मिता के.सी, जानकी बि.क,वसन्त रानामगर,गुमानसिङ के.सी.रहेका छन् भने बाकी सदस्य पछि मनोनित गर्ने नव निर्वाचित अध्यक्ष ओलीले बताए ।
उक्त अधिवेशन संगै ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ जसको सदस्यमा सन्तोष कुमार गुप्ता ,शंकर मान बिस्ट,राजकुमार ओली रहेका छन् । कार्यक्रममा राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, केन्द्रिय सदस्य रविन्द्र रिमाल, गोविन्द गौतम,सरोज सिम्खडा,अस्मिता खनाल,सुमी श्रेष्ठ,सविना कार्की,टंक खड्का,एम.टि महर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन तिलक वली र इश्वर बि.सी.ले गरेको समेत अध्यक्ष वलीले मुग्लानी खबरलाई जानकारी गराएका छन।