केर्खा: झापा कमल गाउँपालिका वडा न.३ स्थित आदित्य खानेपानी टोल बिकास संस्थाको तेश्रो साधारणसभामा संस्थाको नाम र समिति गठनमा असहमति आएपछि समिति गठन स्थगित भएको ३ महिना पछि वडा र पालिकाको आदेशले यथाशिघ्र टोल गठनसँगै पूर्णता पाउनुपर्ने दवाव आएपछि निर्वाचन समिति संयोजक कृष्णप्रसाद रेग्मी सहित सदस्यहरु मातृका नेपाल र बिजेन्द्र मेन्याङ्बो रहेको गठित अस्थाई निर्वाचन समितीले मति २०८० पौष २७ गते श्री कञ्चनजंघा आधारभुत विद्यालयको सभाहलमा कृष्ण रेग्मीको अगुवाईमा टोलवासीमा भेला गरीएको थियो।
उक्त भेलाले बिबादित नाम आदित्य खानेपानी टोललाई परिमार्जित गर्दै पुरानो गाउँको नाम केरा धाप र केरा धाप उत्तरमा स्थापित सृजना युवा क्लव र हाल हरिकीर्तन मुक्तेस्वर शिवालय मन्दिर रहेको ठाउँमा सृजना चौक हटाई सकेकोले उक्त प्रसङ्गलाई जोड्दै टोल बिकासको नाम संयुक्त रुपमा "केरा धाप सृजना खानेपानी टोल बिकास संस्था" रहनेगरी र उक्त बिषयलाई नवगठित कार्य समितिले वडामा प्रस्ताव सिफारिस गरि वडाबाट पालिकामा प्रक्रियागत बिषयलाई टुंगो लगाउने निस्कर्ष लाई भेलाले सर्बसहमती गरेको भने सो-सहमति पछि नव कार्यसमिति सहजतापुर्ण ढङ्गमा गठन हुन सफल भएको छ।
नव कार्य समितिमा अध्यक्षमा माण्डुका नेपाल पुन:दोहोरिएकि छिन, उपाध्यक्षमा युवराज रेग्मी, सचिवमा मनराज गौतम र कोषाध्यक्षमा नगेन्द्र मावो सदस्यहरुमा क्रमशः जगन्नाथ खटेउडा, नन्दलाल गौतम, शिला नेपाल, मिक्की लिम्बू, सुशिला पोख्रेल, गिता बिक र प्रेम मावो गरि ११ सदस्यीय कार्यसमिती विवादरहित सौहार्दपूर्ण बाताबरणमा गठन भएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कमल वडा न.३ का अध्यक्ष अग्निप्रसाद कोइरालाले आदित्य खानेपानी टोल विकास संस्थाले साधारणसभा वडा न.३ मा सबैभन्दा पहिला शुरु गरेपनि सम्पन्न चै अन्तिम भएको तर, सौहार्दपूर्ण बाताबरणमा भएको कुरालाई व्यक्त गर्दै नाम फेरबदल बारे प्रक्रिया बद्ध अगाडि लैजादा सो-बिषयलाई निर्णय गर्ने अधिकार गाउँपालिका सभाले मात्रै गर्ने अधिकार हुने हुँदा नीति तथा कार्यविधि संशोधन भएपछि संशोधित नीति तथा कार्यविधिले तोकेअनुसार हुने हुदा त्यसतर्फ आफुले वडाको तर्फबाट आएको सिफारिस लाई पालिकामा पुर्याउने प्रतिबद्धता जनाउदै नव समितिलाई बधाई तथा शुभकामना दिएका थिए, वडा न.३ सचिव देवीप्रसाद फुयालले टोल बिकास संस्था बारे स्थानिय सरकारद्वारा टोल बिकासको नाम फेरबदल गर्ने बारे कार्यबिधिमा नभएकोले अभ्यासको क्रममा भएकोले यसलाई प्रक्रियागत समितिले वडामा सिफारिस गरि वडा समिति हुँदै पालिकाको सभाले टुङ्गोमा पुर्याउने कुरा ब्यक्त गर्दै कार्यक्रम सफलताको कामना गरेका थिए।
त्यसैगरी अथितिहरुमा क्रमशः वडा न.३ जनप्रतिनिधि तथा श्री कञ्चनजंघा आधारभुत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार मगर, मिडिया कर्मी विरेन्द्र के याक्थुम्वा/सुवास, समावेशी टोल बिकास संस्था अध्यक्ष मुक्तिनाथ काफ्ले,ज्येष्ठ नागरिक कृतिरमण न्यौपाने लगायत उपस्थिति रहेका थिए।
शंकर दङ्गाल,बिजेन्द्र मेन्याङ्बो, दिपक गौतम, देवी चापागाईहरुले सहजीकरण गरेको थिए भने कार्यक्रम सञ्चालन मातृका नेपालले गरेका थिए।
अन्त्यमा: कार्यक्रम समापन संयोजक कृष्ण रेग्मीले कार्यक्रम सम्पन्न गर्न सहयोगी सबैलाई धन्यवाद दिदै समापन गरेका थिए।
त्यस्तै कमल तीन कै अर्को फाल्गुनन्द टोल बिकास संस्था पछिलो समय कमल गाउँपालिकामा सामाजिक कार्यहरुमा सक्रिय रुपमा जनप्रिय कामहरु गर्दै आएको छ ।
तीन महिना अघि मात्रै संस्थाको तेश्रो सधारण-सभा बाट सेलिना राई/शशीको अध्यक्षतामा निर्वाचित समितिले एक पछि अर्को काम गर्दै जादा एवम प्रकारले केर्खा बजार फाल्गुनन्द टोलमा अस्थाई बसोबास गर्दै आएका सफारी चालक मृतक सुवास तामाङको चिर शान्तिको कामना गर्दै फाल्गुनन्द टोल बिकास संस्थाले सल्लाहकार नरेन हाङ लिम्बुको सहजीकरणमा फाल्गुनन्द टोलबासीको आर्थिक सहयोगमा पहिलो चरणमा रु, १४ हजार ५५ रुपैयाँ र दोस्रो चरणमा रु, १४ हजार १७०,रुपैयाँ गरि जम्मा रु, २८७२० संकलित रकम मृतकको परिवार लाई पौष २२ गते हस्तान्तरण गरेको छ।