खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा नम्बर १४ र १५ को संगम स्थल लैकु खोलाको भुल्के घाटमा त्यहाका स्थानियवासी तथा त्यो ठाँउमा जन्मिएर अन्य विभिन्न ठाँउमा बसोवास गर्दै आउनु भएका सबै महानुभावहरूको सहयोगमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ यहि २०८० साल माघ ११ गते देखि १८ गते सम्म सम्पन्न हुने भएको छ ।
सोही महायज्ञ सम्पन्न गर्न एउटा मुल समारोह समितिको अध्यक्षमा लोक नाथ भट्टराई एक व्यवस्थापन समितिको अध्यक्ष नारायण घिमिरे र अर्को उपत्यका समन्वय समितिका अध्यक्षमा गजराज घिमिरे रहेका छन् त्यस्तै प्रचार प्रसार समितिको संयोजक पत्रकार लोकमणी रिजाल रहेका छन् ।
महायज्ञ सुरुहुन अब मात्रै ११ दिन बाकी रहेको र सबै समिति तथा स्थानीय बासी यो महायज्ञ सफल पार्न तदारुकताका सथ लागि रहेको र देश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरूलाई श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मा उपवाचक पंडित श्याम पौडेल को मुखराविन्दु वाट पाठ पारायण तथा मुख्य वाचक पंडित याेगेश भण्डारि (वराह क्षेत्र) वाट कथा प्रवचन हुने यस धार्मिक अनुष्ठानमा ख्याति प्राप्त कलाकारहरु द्वारा भक्ती सङीत सुसम्पन्न हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ र रसामृत महाेत्सवमा हजुर लगायत स-परिवार उपस्थित भइ कथारुपि अमृतपान श्रवण गर्न हुन साथै सो धार्मिक कार्यमा आर्थिक सहयोग समेत गरि दिनु हुन विनम्र अनुराेधका साथ हार्दिक निमन्त्रणा यसै समाचार मार्फत गरिएको मुल समितिका सल्लाहकार प्रेम प्रसाद भट्टराईले बताउनु भयो !
श्रीमद्भागवत सप्ताहको दैनिक सुची यसप्रकार रहेको छ ।
- कलश तथा शोभा यात्रा :- २०८० माघ ११ गते बिहिबार बिहान १०: ३० बजे
- उद्घाटन र मडप पुजा :- २०८० माघ ११ गते विहान ११:२९ र मडप पुजा
- मिति २०८० माघ ११ देखि माघ १८ गते सम्म
* दैनिक बिहान ६ वजे देखि ११ वजे सम्म पुजा तथा पाठपारायण ।
* दैनिक बिहान ११ वजे देखि दिनको ३ वजे सम्म कथा प्रवचन,भजन किर्तन, झाकि साथै दाता सम्मान कार्यक्रम
* दैनिक साझ ६ वजे देखि ९ वजे सम्म आरती पुष्पाञ्जलि, महात्म्य कथा, भजन किर्तन,झाकि साथै ज्ञानमञ्च कार्यक्रम ।
* वृहत दीप प्रज्वलन कार्यक्रम :- मिति २०८० माघ १५ गते देखि १७ गते सम्म समय:- बेलुका ३:४५ देखि
* मिति २०८० माघ १८ गते बिहिबार कथा समापन, तिलार्चन, पुर्णाहुति साथै तिलक पाती तथा प्रसाद वितरण कार्यक्रम ।
आर्थिक सहयोग गर्नुहुने दाताहरूलाई गरिने सम्मान यसप्रकार रहेको छ ।
१) रु. ९९९ सम्म भेटि मानिने
२) रु. १००० देखि- रु २,९९९ सम्म रामनामि, सादा प्रमाणपत्रले सम्मान गरिने ।
३) रु. ३००० देखि रु ४,९९९ सम्म रामनामि, रुद्राक्ष माला सहित कार्यक्रम संचालक द्रारा नाम उच्चारण गरि प्रमुख अथीतीहरु एव आयोजक द्रारा प्रमाणपत्रले सम्मान गरिने ।
४) रु. ५००० देखि रु ९,९९९ सम्म रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि प्रमाणपत्र वितरण गर्दा उपवाचक पडित द्रारा नाम उच्चारण सहित सिङ्गल फ्रेम को प्रमाणपत्रले सम्मान गरिने।
५) रु. १०,००० देखि रु १९,९९९ सम्म रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि प्रमाणपत्र वितरण गर्दा उपवाचक पडित द्रारा नाम उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्रले सम्मान गरिने ।
६) रु. २०,००० देखि रु ३४,९९९ सम्म रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि प्रमाणपत्र वितरण गर्दा उपवाचक पडित द्रारा ३ पुस्ते नामावलि नाम समेत उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्रले सम्मान गरिने ।
७) रु. ३५,००० देखि रु ४९,९९९ सम्म रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि प्रमाणपत्र वितरण गर्दा मुख्यवाचक पडित द्रारा ३ पुस्ते नामावलि नाम समेत उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्रले सम्मान गरिने ।
८) रु. ५०,००० देखि ७४,९९९ सम्म रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि प्रमाणपत्र वितरण गर्दा मुख्यवाचक पंडित द्रारा ३ पुस्ते नामावलि नाम समेत उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्र र मायाको चिनोले सम्मान गरिने ।
९) रु. ७५,००० देखि ९९,९९९ सम्म दाता मडप प्रवेश गर्दा नाैमति वाजा सहित मडप परिक्रमा गराइ रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि आसन ग्रहण गराउने प्रमाणपत्र वितरण गर्दा मुख्यवाचक पंडित द्रारा ३ पुस्ते नामावलि नाम समेत उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्र र मायाको चिनोले सम्मान फरिने ।
१०) रु. १ लाख देखि माथि जतिसुकै भए पनि दाता मडप प्रवेश गर्दा आधा किलोमिटर टाढा देखि नाैमति वाजा सहित मण्डप परिक्रमा गराइ रामनामि, रुद्राक्ष मालाले आयोजकले स्वागत गरि आसन ग्रहण गराउने प्रमाणपत्र वितरण गर्दा मुख्यवाचक पंडित द्रारा ३ पुस्ते नामावलि नाम समेत उच्चारण सहित डवल फ्रेमको प्रमाण-पत्र र मायाको चिनोले सम्मान गरिने ।
स्थान:- लैकुखोला भुल्केघाट राम्चे पुछार दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका -१४ वुईपा खाेटाङ ।