कमल / बसन्त राज सुब्बा
साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" २०८२ येले तङ्बे ५०८५ कमल गा.पा -३ केर्खा बजारमा भव्यता साथ सम्पन्न भएको छ !
झापाको कमल गाउपालिका वार्ड ३ केर्खा बजारमा सिसेक्पा तङ्नाम एक औपचारिक कार्यक्रम विभिन्न जातिय सस्था फक्तालुङ सयङ सास्कृतिक मन्च झापा , याक्थुङ चलचित्रकर्मी संघ झापा , याक्थुङ युवा मन्च कमल , किरात याक्थुङ चुम्लुङ वार्ड ३ को सयुक्तमा आयोजनामा एतिहासिक प्रथम कार्यक्रमको सभाअध्यक्ष फक्तालुङ सयङ सास्कृतिक मन्च झापा लाल बहादुर नेयकको अध्यक्षतामा प्रमुख अतिथि भाषा लिपि सस्कार सस्कृति संरक्षक एव वरिष्ट कलाकार प्रेम पन्धाक आदित्यमा सिसेक्पा तङ्नाम कार्यक्रम सम्पन्न भएको थियो ! राष्ट्रिय गान बाट सुरुभएको कार्यक्रम प्रमुख अतिथि बाट व्यानर पढेर उद्घाटन गरिएको थियो
!
लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातिलाई ध्यान दिई चाडपर्वहरू मनाउँछन् । यसरी मनाइने चाडहरूमध्ये सिसेक्पा तङ्नाम पनि एक हो । यसको मौलिक विशेषता के हो भने विभिन्न जाति, वर्ण, धार्मिक, सांस्कृतिक समुदायले यो चाडलाई विभिन्न तरिकाले बुझ्ने र मनाउने गरेको पाइन्छ । प्रायः सबै नेपालीले मनाउने यो साउने संक्रान्ति आआफ्नो सांस्कृतिक मान्यता र परिस्थिति अनुसार मान्ने गर्दछन् । यसरी मनाउने चाड नेपालीमध्ये एक लिम्बू समुदायले आफ्नै सांस्कृतिक मान्यतामा रही यस साउने संक्रान्तिलाई सिसेक्पा तङ्नामको रुपमा मनाउँदै आएको छन् ।
प्रमुख अतिथि भाषा लिपि सस्कार सस्कृति संरक्षक एव वरिष्ट कलाकार प्रेम पन्धाकले सम्बोधन गर्दै लिम्बू समुदाय रहेको नेपालको सुदुरपूर्वी लिम्बुवान क्षेत्रमा सिसेक्पा तङ्नाम साउन महिनालाई बुझाउछ ! सिसेक्पा : महिना , तङ्नाम चार्ड पर्व मनाइने हो ! साउन महिनामा भटमास, मकै, बोडी पाकेकै समयमा मनाइने पर्व अथात् अनिकाल खेदाउने पर्व हो ।खाने अन्न, फलफूल पाक्यो भनी देखाइएको हो र तँ अनिकाललाई खेद्न सक्ने शक्ति हामीले पायौँ भनी खबरदारी गर्दै आउलास् भनी अनिकाल र दुःखलाई खेदाउने प्रक्रियालाई विशेष गरी अनिकालको विदाइ र सहकालको स्वागत गर्ने चाड पर्वलाई साक्नाःप्मा तङ्नाम (अनिकाल खेदने चाड) भन्ने गरिन्छ ।
परम्परागत देखि मान्दै आएको सिसेक्पा तङ्नाम ( राके मेला ) एक्कासी संकटकाल तिर यो चार्ड मासिदै गएको थियो ! लगभग २३,२४ वर्ष पछि अहिले झापाको कमल गाऊपालिका वार्ड ३ मा यो वर्ष भव्यता साथ मनाएको छ ! यो ठाउँमा २०३४ साल तिर समाज सुधारक व्यक्तित्व दारासिङ ( कर्ण बहादुर केरुङ ) को पाला देखि नै केर्खा बजारमा राके मेला मनाउने चलन रहेको बताउदै आयोजक टिम लगायत सबैलाई सिसेक्पा तङ्नाम शुभकामना व्यक्त गर्नु भएको थियो !
त्यस्तै विशिष्ट अतिथि याक्थुङ युवा मन्च केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङगोले हामी आफ्नो सस्कार सस्कृति कहिल्यै भुल्नु हुदैन ! बचाई राख्नु पर्दछ ! सबै जातिको आ आफ्नो सस्कार पहिचानलाई सम्मान गर्नु पर्दछ जुन सिसेक्पा तङनाम चार्ड कति लिम्बु जाति भित्र पनि नबुझेको हुन् सक्छ सबैलाई बुझाउनु पर्छ ! जुन आयोजना गर्नु भयो हाम्रो भेटघाट मात्र नभई आफ्नो सस्कार सस्कृति बारे बुझ्न र देख्न महसुस गर्न र आज सबै संग भेट्ने अवसर जुरेको छ आयोजक टिम कमल बासीहरुमा धन्यवाद व्यक्त गर्दै सिसेक्पा तङ्नामको शुभकामना मन्तव्य राख्नु भएको थियो !
याक्थुङ चलचित्रकर्मी संघ झापा अध्यक्ष चन्द्र लिम्बुले सिसेक्पा तङनाम औचित्य कार्यक्रम बारे प्रष्ट पार्नु भएको थियो !
त्यस्तै किरात याक्थुङ चुम्लुङ झापा पुर्व सल्लाह कार सुर्य प्रसाद लिम्बु , आदिबासी जनजाती महा संघ कमल गा.पा अध्यक्ष बदी राई , किरात राई यायोख्या कमल उपाध्यक्ष शेलिना राई लगायतले सिसेक्पा तङ्नामको शुभकामना दिदै आ आफ्नो भनाई राखेका थिए !
सिसेक्पा तङ्नाम कार्यक्रममा याक्थुङ लिम्बु जाति समुदाय सस्कार अनुरुप धान नाच , पालम , च्याब्रुङ नृत्य र पाहुनाहरुलाई मौलिक खान पिन बासले बुनेको पेरोङगे ,थुङचेमा राखि स्वागत गरिएको थियो ! उक्त कार्यक्रम विभिन्न ठाउँहरुबाट प्रस्तुति पालम टिमलाई आयोजकले सम्मान पत्र प्रमुख अतिथिको बहुलीबाट वितरण गरेको थियो ! भने अतिथिहरु : याक्थुङ युवा मन्च केन्द्रिय सदस्य बसन्त राज योङहाङ , किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य नरेनहाङ लिम्बु , किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाक , , कि.या.चु पुर्व जिल्ला सदस्य मन कुमार लिम्बु , सामाजिक व्यक्तित्व बल नाथ नाल्बो , फक्तालुङ सयङ सास्कृतिक मन्च सुनसरी अध्यक्ष सोम सेरेङ लिम्बु , मोरङ अध्यक्ष गणेश लिम्बु , याक्थुङ युवा मंच कमल अध्यक्ष आशिष लेर्छवो लिम्बु , उपाध्यक्ष प्रकास आङ्गो , कि.या .चु कमल उपाध्यक्ष अम्मर लिम्बु , महिला समावेशी शसक्तिकरण केन्द्र अध्यक्ष पुर्णिमा देवान , समाजसेवी तर्क राज लिम्बु , सन्तोस लिम्बु , मिडियाकर्मी एन जी माङलाक लगायत उपस्थित रहेको थियो भने उक्त कार्यक्रम संचालिका मिना नेम्वाङले गरेकी थिइन भने स्वागत मन्तव्य याक्थुङ चलचित्र नायक कलाकार हिमाल लिम्बु गर्नु भएको थियो !