समावेशी,समानता आधारित,मानवअधिकारप्रति प्रतिबद्ध आधुनिक समाजमाबहुविवाहलाई कानुनी मान्यता दिनुपर्छ भन्ने प्रस्ताव केवलप्रतिगामी सोचको उपज मात्र नभईनारी-असमानता र महिला अधिकारको अपमान पनि हो।
आजको २१औँ शताब्दीमा आएर अझै पनि
यस विषयमा कानुनी पुनरावलोकन वा बहस गर्नुपर्ने अवस्था आउनुस्वयं समाजको प्रगतिशीलतामाथिको चुनौती हो। समाज भनेको इतिहासको गतीमा फर्कने होइन,न्याय,समानता र मानव मर्यादाका मूल्यहरूलाईआत्मसाथ गर्दैसामाजिक रूपान्तरणतर्फ अघि बढ्ने माध्यम हो।
बहुविवाहले लैंगिक विभेदलाई संस्थागत गर्दै
महिलाहरूको आत्मसम्मान,स्वतन्त्रता र समानताको अधिकारमाथि ठाडो आक्रमण गर्दछ।
त्यसैले, यस प्रकारका प्रतिगामी प्रस्तावहरूलाई
शक्तिशाली रूपमा खण्डन गर्न राजनीतिक नेतृत्व, बौद्धिक वर्ग,न्यायप्रेमी नागरिक तथा सम्पूर्ण सचेत समाजमा सशक्त आवाज उठाउन र आवश्यक परे आन्दोलन गर्न पनिगंभीर आग्रह गर्दछु।यसो भन्दै गर्दा सम्पुर्ण नारीहरुलाई यस नियम को बिरोध मात्र गरेर बस्न होईन आफु हरतरहले स्वबलम्वन बनेर आफु पुरुषमा निर्भर नहुन आग्रह गर्दछु।प्रत्येक नारी पुरुष सरह काम गर्न सक्षम हुन पर्छ। सम्पुर्ण नारीजातीलाई आफ्नो कमजोर मानसिकता त्याग्न बिनम्र अनुरोध गर्दछु।🙏
न्यायप्रेमी समाजले पछि फर्कनुहुन्न,त्यसमा झन् नारी उसै पनि धर्तीको उपज मानिन्छ॥।
✍🏻दुर्गा गौतम हाल कतार