दोहा, कतार।
“कपिलवस्तुवासीको चाहना: शुद्ध, सभ्य र समृद्ध समाजको कल्पना” भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले आफ्नो चौथो अधिवेशन आयोजना गर्ने भएको छ।
स्थापनाकालदेखि नै कतारमा रहेका नेपाली समुदायको हकहित र सामाजिक कार्यमा सक्रिय रहँदै आएको समाजले सबैको निरन्तर साथ, सहयोग, शुभेच्छा र सद्भावका कारण चौथो अधिवेशनको सुखद अवसरसम्म आइपुगेको जनाएको छ।
अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनुका साथै संस्थाको भावी नीति, योजना तथा सामाजिक कार्यदिशाबारे विस्तृत छलफल गरी नयाँ रणनीति पारित गरिनेछ। कार्यक्रमलाई थप सभ्य, भव्य र मनोरञ्जनात्मक बनाउनका लागि स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत समेटिएको संस्थाका महासचिव श्रीधर पौडेलले जानकारी गराए ।
संस्थाका अध्यक्ष बिवश बेल्वासेले कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संघ-संस्थाका प्रमुखहरू, सामाजिक अभियन्ता, पत्रकार, कलाकार, साहित्यकार, खेलाडी तथा कतारलाई कर्मथलो बनाएर बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अपिल तथा निमन्त्रणा गरेका छ्न ।
कार्यक्रमको विवरण:
मिति: २५ सेप्टेम्बर २०२६ (शुक्रबार)
समय: बिहान १२:३० बजे
स्थान: लालीगुराँस रेष्टुरेन्टको सभाहल, प्लाजा मल, कतार