दोहा : कोशी प्रदेश समन्वय परिषद कतारको समन्वयमा आवद्ध जिल्ला संस्थाद्वारा "रमाइलो तीज तथा सचेतना कार्यक्रम" हुने भएको छ।
"समृद्धि हाम्रो सरोकार उद्देमसिलता यसको आधार " भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित परिषद कतारलेनजिकिंदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा “रमाइलो तीज तथा सचेतना कार्यक्रम"
२०२५” आउँदो शुक्रबार अगस्ट १५ का दिन घरवा रेस्टुरेन्टको सभाहलमा हुने भएको महासचिव पदम प्रसाद सिंखडाले जानकारी गराए ।
कतारमा रहि विभिन्न साग्ङ्गितिक कार्यक्रमहरुमा बेजोड प्रस्तुति दिने कलाकारहरुको धमाकेदार साङ्गितिक प्रस्तुति सहित समसामायीक विषयमा आधारित रहेर "रमाइलो तीज तथा सचेतना कार्यक्रम" हुन लागेको हो ।
कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, कलाकार , पत्रकारका साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ ।
आयोजक जिल्ला संस्थाहरु खोटाङ सेवा समाज कतार,मोरङ सुनसरी सेवा समाज कतार, झापालि समाज कतार,धनकुटा सेवा समाज कतार, ओखलढुंगा सेवा समाज कतार,उदयपुर प्रवासी सेवा समाज दोहा कतार, तेह्रथुम सेवा समाज कतार,भोजपुर सेवा समाज कतार संखुवासभा समाज कतार रहेका छ्न
कार्यक्रम विशेषगरि नेपाली नारीहरुको पर्व भएको हुँदा नारीहरु लाई विशेष प्रथामिकता दिइने पनि जानकारी गराइएको छ ।