तिलविक्रम थेवे, दोहा कतार
२०८२ पौष १२ गते -शनिबार_ तदानुसार दिसम्बर २७, २०२५ मा युमा साम्यो महासभा काठमाडौं उपत्यका -काठमाडौ, ललितपुर र भक्तपुर_ तदर्थ समितिले ऐतिहासिक साधारण सभा सम्पन्न गरयो ।
सो साधारण सभाले तुम्याहाङ रुद्र संयक याक्थुङ लिम्बुको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरयो ।
कार्यसमितिमा रुद्र संयक याक्थुङ लिम्बु अध्यक्ष, मचिन्द्र मुदेन्छङ साँबा उपाध्यक्ष, सुष्मा चेम्जोङ उपाध्यक्ष, नविन थक्लुङ उपाध्यक्ष, पुर्ण चेम्जोङ लिम्बु सचिव र हेम कुमार चेम्जोङ सहसचिव चयन भए । कार्यसमितिले जानकारी दिएअनुसार आगामी कार्यसमितिको वैठकबाट कोषाध्यक्ष चयन गरिनेछ ।
यसैगरी कार्यसमिति सदस्यहरु धिरेन्द्र सम्बाहाम्फे, मणी कुमार चेम्वोङ,कमल जवेगुु, रोशन याक्थुङबा खजुम, विजय प्रकाश सम्बाहाम्फे, कल्पना माबोहाङ (युमा), सिहराज आङबुहाङ, देशराज आङदेम्बे, मान बहादर पाहिम, गुमानसिं थक्लुङ, रत्न संयक लिम्बु, सरु गुरुङ तुम्खेवा चयन भए ।
याक्थुङहरुको बसोवास रहेको पुर्वका विभिन्न जिल्लाहरुपछि काठमाडौं पनि याक्थुङ लिम्बुहरुको लागि निकै महत्व बोकेको ठाँउ भएकोले काठमाडौंमा युमा साम्यो महासभा गठन नगरी नहुने समयको माग हुदै आएको थियो ।
युमा साम्यो महासभा केन्द्रीय महासचिव डा. रमेश लिम्बुका अनुसार कतिपय परिपस्थतिमा राज्यसंगको सस्थागत काम, कागजपत्रको व्यवस्थापन, निकै बाक्लो संख्यामा काठमाडौंलाई कर्मथलो बनाएर बसेका मौलिकताप्रेमी, युमावादी सक्रिय याक्थुङ लिम्बुहरु, प्रवुद्ध, विद्धान, बुद्धिजीवी, व्यवसायी, घरघरानाहरुलाई समेटेर लैजानुपर्ने भएको हुनाले युमा साम्यो महासभा काठमाडौं कार्यसमिति निर्माण भएको हो ।
रुद्र संयक याक्थुङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा युमा साम्यो महसभा केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम प्रमुख अतिथी रहेका थिए भने काठमाडों उपत्यकाको लागि युमा साम्यो महासभा निर्माणको लागि प्रारम्भदेखि नै पहलकदमी गर्दै आएका केन्द्रीय महासचिव डा. रमेश लिम्बुले साधारण सभाको सहजीकरण गरेका थिए ।