दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।
राजनीतिक दृष्टिकोण
झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो ।
२००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ । स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं ।
नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१ ÷ २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’
स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ ।
‘२०७४ सालको आमनिर्वाचनपछि नेकपा (एमाले)ले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो । कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा(एमाले) समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘२०७४ २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ । २०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दै गयो ।