कमल / बसन्त राज योङहाङ ( वि.आर.एस )
झापाको कमल गाउँपालिकामा कमल मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ !
नव वर्ष २०८३ पावन अवसरमा हामी युवाको प्रतिवद्धता,लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराका साथ कमल युथ फाउन्डेशनकाको आयोजनामा बैशाख १ गते म्याराथनमा १२ किलो मिटर दुरीको प्रतियोगिता कार्यक्रम गरेको छ !
एक औपचारिक कार्यक्रम म्याराथन कमल गाउँपालिका ४ सिद्धार्थ चौक बाट सुरु भई वडा नम्बर २ को समायगढ, क्याम्पा बजार हुदै वडा नम्वर ३ केर्खा बजार सम्म म्याराथनमा १२ किलो मिटर दुरीको यात्रामा समापन भएको प्रतियोगितामा खुल्ला तर्फबाट विजेता प्रथम मिसन आङदेम्बे, दोस्रो : प्रिठी राई र तृतीय समिर आङदेम्बे साथै टपटेन हुने सरोज सिह ,फुल्किपा सेर्पा ,मुक्सान लिम्बु ,झनक बहादुर भुजेल ,प्रमोद तामाङ , सबिन राई रहेको छन भने त्यस्तै मिनी म्याराथुमा १५ वर्ष मुनिका युवाले सिद्धार्थ चौक देखी समयगढ सम्मको ५ किलोमिटरको दुरी पार गर्दै केटा तर्फ प्रथम : अबिरल गुरागाई , द्वतिय : विवेक दनुवार र तृतिय : डम्बर पौडेल हुनु भएको थियो ।
त्यस्तै गरि केटी तर्फ प्रथम : संगिता तामाङ, द्वतिय : रुसना राई र तृतिय : बसन्ती लिम्बु हुनुभएको आयोजकले जनाएको छ ।
त्यस्तै भेट्रान लगायत महिला र खुल्ला तर्फका प्रतियोगिले सिद्धार्थ चौक ,समायगढ,क्याम्पा हुँदै केर्खा सम्मको १२ किलोमिटरको दुरी पार गर्दै भेट्रान तर्फ
प्रथम : मंगल तामाङ, द्वतिय : हेमन्त लावती र तृतिय : भिम प्रसाद निरौला हुनुभएको थियो भने महिला तर्फ
प्रथम : दिर्पा बस्नेत, द्वतिय : मन्दिरा महतो र तृतिय : मदिका देवान हुनु भएको कायक्रम संयोजक आशिष लेछर्व्रोले बताउनु भयो ।
आयोजक कमल युथ फाउन्डेशनकाले २०८२ चैत १८ गते विहिबार एक औपचारिक कार्यक्रम कमल गाउँपालिका–३ केर्खा बजार अवस्थित S& M रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आउने आगामी २०८३ बैशाख १ गते केर्खामा १२ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत आयोजकले सार्वजनिक गरेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार टपटेन हुनेहरुलाई साथै सहभागि सबैलाई मेडल प्रमाण पत्र प्राप्त गर्नु भएको संयोजकले बताउनु भएको छ !
जिवनमा हरेक पाईला हामी म्याराथु दौडमा हुन्छौं ति दौडहरु जहिलै सकारात्मक हुनुपर्छ । । यस्ता प्रतियोगिताले युवालाई खेलकुद प्रति आकर्षण गर्नुका साथै लागु औषध बाट टाडा राख्न सहयोग पुग्नेछ । प्रतियोगितामा विभिन्न समुदायका व्याक्तिहरु समावेस भएकोले विभिन्न भाषा,सस्कार संसकृतीलाई समेत एकतामा बाड्न सहयोग पुग्ने सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रमेशकुमार पाण्डेले बताउनु भयो ।
मिनी म्याराथन प्रतियोगिता आयोजना कार्यक्रम सोचेको भन्दा राम्रो उत्कृष्ट भएको र युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने, कमल गाउँपालिकाको पहिचान प्रवर्द्धन गर्ने, खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध बनाउने तथा राष्ट्रियता र भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आउने दिनहरु नया नयाँ कार्यक्रमहरु लैजाने सस्थाका अध्यक्ष जितेन साम्पाङ राईले बताउनु भएको छ !
प्रतियोगितामा सहभागिता खेलाडीहरूले कमल युथ फाउन्डेशन को फेसबुक पेजमार्फत अनलाइन फारम बाट प्रवेश शुल्क १ सय रुपैयाँ तोकि बुझाएको र म्याराथन प्रतियोगितामा झापा , मोरङ् कोशी प्रदेशका विभिन्न ठाउँबाट करिव ५ सय जनाको सहभागिता रहेको साथै प्रतियोगितामा म्याराथुन अफ द डे का रुपमा फरक क्षमता भएका शिवसताक्षी नगरपालिकाका अनिष ब्लोन (तामाङ्ग) सहभागिता रहेको कार्यक्रमको सह संयोजक चक्र माटोले बताउनु भयो !