दुबई, यूएई। नेपालीहरूको महान् चाड बडादसैँ अर्थात् विजयादशमीको अवसरमा संखुवासभा समाज यूएईले टीकाग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले सन् २०२६ अक्टोबर २१, बुधबारका दिन साँझ ६ बजे दुबईको बर दुबईस्थित किङ स्टार रेस्टुरेन्ट एन्ड बारमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा टीका तथा जमरा ग्रहण गर्नुका साथै आपसी भेटघाट, शुभकामना आदानप्रदान र भाइचारालाई थप प्रगाढ बनाउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
संखुवासभा समाज यूएईले यूएईमा बसोबास गर्ने सम्पूर्ण संखुवासभाली दाजुभाइ तथा दिदीबहिनी, आमाबुबा लगायत सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
विदेशमा रहेर पनि नेपाली चाडपर्वलाई सामूहिक रूपमा मनाउँदा आपसी एकता, सद्भाव र आत्मीयता बढ्नुका साथै नयाँ पुस्तामा नेपाली संस्कृति र परम्पराप्रतिको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समाजले विजयादशमीको पावन अवसरमा यूएईलगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
आयोजक: संखुवासभा समाज यूएई