दोहा, कतार — "प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास" भन्ने मूल नाराका साथ सन् २००४ मा स्थापना भएको रामेछाप सेवा समाज कतारले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान एवं ‘देउसी भैलो विशेष सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।
परदेशी भूमिमा नेपाली धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै आपसी सद्भाव तथा बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष राजु थापा मगरले जनाएका छ्न । ।
रामेछाप सेवा समाज कतारले कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार तथा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनुहुन समाजका महासचिव प्रकाश दर्नालले हार्दिक निमन्त्रणा गरिएको बताए ।
कार्यक्रमको विस्तृत विवरण:
मिति: ६ नोभेम्बर २०२६, शुक्रबार
समय: बिहान ठिक ११:०० बजेदेखि
स्थान: वेलफेयर रेस्टुरेन्टको सभाहल, प्लाजा मल (कतार)
आयोजक: रामेछाप सेवा समाज, कतार