दाङ (सुरेशकुमार पान्डे) बिगत लामो समय देखि देशको राजनीतिक अबस्था अन्यौल छ।जनताको चहाना र देशको आवस्यकतालाई ब्यवास्ता गर्दै आ आफ्नो सत्ता स्वार्थका लागी मरिहत्या हुँदै आएकोछ।
पुराना नेताहरूकै बिचमा भएको एक आर्काको दोषारोपण र चियो चर्चा पदप्रतिष्ठाको लागी हुँने शंघर्षमा देशका सोझासाझा जनताहरू प्रयोग हुँदै आएका छन्।
प्रतिकृयावादी र उनका दलालहरूले देशको अबस्था झिंगालाइ मह बनाई दिएको छ।उनिहरू महको गन्धमा भन्किन्छन् र आपसमा टक्रिन्छन।अन्तत्वगत्वा त्यही महमा खसेर मर्छन्।अहिले देशभित्रको कम्युनिष्ट आन्दोलन ठिक त्यही प्रकारको हुँन पुगेको छ।कहिले सत्तामा जांनकै लागी बर्ग दुस्मनमा आंशिक सुधार भएको देख्छन,त कहिले आफ्नै सन्तानमा सिआइए र गद्धार भएको अनुमान लगाउँछन्।आफुले आफुलाई नियाल्नै छाडे पिठ्युंभरीको मयल लिएर आर्कालाई कालो भन्नेहरूको ठुलो जमात छ।
विस्व कम्युनिष्ट आन्दोलनको अध्ययन गर्दा हामिले देख्छौँ स्वंयम कम्युनिष्टहरू बाटनै कम्युनिष्टमाथी प्रहार भएकोछ।
रूसमा लेनिन र स्टाईलिनको मृत्युपछि त्यही पार्टीभित्र उनैको छत्रछायाँमा हुर्केको ख्रुचेवले आफ्नो हात बलियो गराएपछि गलास्तनोस्त र प्रेस्त्रोइका पुँजिवादको पुनःस्थापना लागु गर्यो।
उहि तरवार स्टाईलिनको हातमा हुँदा सर्वहाराको हित र प्रतिकृयाबादी बिरूद्धमा प्रयोग हुन्थ्यो।त्यही तरवार ख्रुचेवको हातमा पुगेपछि विस्वका प्रतिकृयावादी र पुँजिवादको हितमा प्रयोग गरियो।चीनमा पनि माओको निधन पछि त्यही प्रकारको प्रतिक्रान्ति सुरू भयो।
सवाल उनिहरूको निधनपछि भयो भन्नु भन्दापनि उनिहरू जिवित छँदै उनिहरूकै छत्रछायाँमा हुर्किएको गद्धारलाई उनिहरू आफैले चिन्न नसक्नु हो।तर त्यो उनिहरूको जमाना जस्तै आज छैंन।आज प्राविधिक बिकास भएको छ,आज बैठकका निर्णयहरू पनि गुप्त छैनन्।त्यो वेला अवसरबादीहरू पनि डराएर भित्र लुकेर बसेका थिए अहिले त हाकिदाउँ छ।
हाम्रो देशभित्र त कम्युनिष्ट शिशु अबस्थामा छँदा नै रोगी बन्यो।कम्युनिष्ट भित्र त्यो दुरगति सानै छँदा सुरू भयो।त्यसैको परिणाम २०४६ सालको ऐतिहासिक जन आन्दोलनमा जनताहरू सँग भएको धोका हो।त्यो वेलामा पनि वाममोर्चा जनता र सिङ्गो देशको लागी खलपात्र बनेर ठिङ्ग उभियो।सामन्तहरू नै सर्वहाराको नाइके बनेपछि कम्युनिष्ट आन्दोलनको अबस्था कस्तो हुन्छ?देशको इतिहास त्यही हो।
त्यसै गर्दा कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने जिम्मा स-साना दलहरूमा आउनुलाई अस्वभाविक भन्न सकिदैंन।
वास्तविक रूपमा प्रतिकृयावादीले कति वेला प्रतिगामी शक्तिलाई उचाल्छ र वामपन्थिहरू एकतित्र हुन खोज्छन भने कतिवेला बिदेशी हरूको चलखेल बढ्छ र देशभित्रका देशभक्तहरू देशको रक्षाको लागी एकतित्र हुन्छन्।
यो खेल देशका राजनीतिक पार्टीले आफै गरेको जस्तै लागेपनि वास्तबमा साम्राज्यबादी शक्तिले खेलिरहेको छ।यहाँ भयका राजनीतिक शक्तिहरू त त्यसैका मोहरा बनिरहेकाछन्।
अहिले देशको अबस्था यस्तो बनेको छ,की देशमा कुन राजावादी हो, कुन कम्युनिष्ट हो र कुन कांग्रेस हो।त्यो चिन्न कठिन बनाईदिएको अबस्था छ।
उतिखेरनै पानी बराबार हुन्छ। उतिखेर नै एकता हुन्छ, मेलमिलाप हुन्छ।आखिर यस्तो किनहुन्छ?यसवारेमा हामि सबैले यस्को सतहलाई बुझ्नुपर्ने हुन्छ।
सदियौं देखि नेपालको अवस्था जटिलनै थियो त्यो वेलामा पनि राजालाई जनताको डर र जनतालाई राजाको डर देखाएर बिदेशी शक्तिले दोहन गर्दै आएको हो।अहिले देशभित्र बहुदल आएपछि पनि त्यो व्यबहार रोकिएको छैन्।छिमेकी कहिले कांग्रेसमा,कहिले राजामा,कहिले कम्युनिष्टमा नजिकिंदै अरूलाई पछार्दै आईरहेको छ।
देशभित्रका नेताहरू उसैको गोटी बनेर उसैको व़रिपरी नाचिरहेका छन,प्रयोग भइरहेकाछन्,र हुँदै जानेछन्।उहिल्यै राणाको पालामा ब्रिटिस भारतले दवाब दिंदै थियो,र पछि राजाहरूलाई सिंहासनमा बसाल्न पनि उनैले मद्धत गरे।अहिले इतिहासमा पहिलो पटक नेपाली जनता सार्वभौम हुँने संबैधानिक बातावरण बन्दै जान थालेपछि साम्राज्यबादी शक्तिले कहिले कुन पाटीलाई प्रयोग गर्दै र्कोलाई पछार्छ त कहिले कुनलाई प्रयोग गरेर पछार्छ।
अहिले हामी देशभक्त र गणतन्त्रबादीहरूको एकता नहुँने हो भने देश नामेट हुन सक्ने अबस्था सिर्जित भएको छ।
हाम्रो देशका ठुला दलका कतिपय नेताहरू नै बिदेशीका दलाल हुन भन्ने कुरा बुझ्नुपर्छ। अहिलेको अबस्था प्रतिगामि शक्ति र साम्राज्यवादी शक्तिको बिचमा अपबित्र गठबन्धन भएको आभास हुन्छ।देशभित्र आएको गणतन्त्र र धर्मनिरपक्षलाई समाप्त पारेर पुन देशमा हिन्दु धर्म लागु गर्ने बिषयमा प्रतिगामी पुनरूत्थान वादी सँगसंगै साम्राज्यवादीहरूको तालमेल वा सहकार्य भएको देखिन्छ।
अहिले उनैको प्रभावमा परेर स्वंयम कम्युनिष्ट आन्दोलन भित्रैबाट संबिधान माथि प्रहार हुँदैआएको छ।त्यसको सबैभन्दा खतरनाक ढङ्गबाट एमालेभित्र प्रवेश भएको देखिन्छ।त
यो बिचबिचमा पुष्टी हुँदैपनि आएको छ।अहिले दुर्गा पर्साई त्यसको जल्दाबल्दा उदाहरण हुन।स्वंयम केपी ओलिका उनि दाइने हात मानिन्छन।यो खेलमा स्वंयम केपि शर्मा ओली समेत छन की भन्ने आशंका गर्ने ठाउँ छ।उनले बिगतमा अपनाएको प्रतिगामी कदम त्यसको एउटा नमुनापनि भन्न सकिन्छ।अहिले यस्तै खाले कम्युनिष्ट भनौदाहरू बाट कम्युनिष्ट आन्दोलनलाई खतरा भएको छ।