दिलमाया तामाङ
काठमाडौं, २६ बैशाख। जन्मदिनको शुभकामना छोरी सोफिया राना ।
जन्मदिनको अनगिन्ती शुभकामना गुडिया रानी।
हाम्रो लागि तिमी सबथोक हौ छोरी सोफिया।।
छोरी सोफिया,
तिम्रो आगमनले
हाम्रो जिन्दगीको प्राप्त सबैभन्दा खुशीको दिन।
मेरो जिन्दगीको स्वर्णिम खुशी छाएको दिन।
तिमी पहिलो पटक रोएको बेला हामी खुसी भएको दिन ।
म शब्दमा बर्णन गर्न सक्दिन । त्यो क्षण, त्यो समय मेरो लागि अनगिन्ती हर्षको अनुभूति र सुखद पल प्राप्तिको दिन । छुनु मुनु छोरी को तिर्सनाले छट्पटीएको बेला तिम्रो आगमनले तृप्त भएको दिन।
प्यारी मुटु मेरी छोरी तिम्रो आगमनले मेरो जीवनमा सुनौलो बिहानी लिएर आयो । म शब्दमा बर्णन गर्न सक्दिन तिमी हाम्रो जिन्दगीमा आएको पनि आज ३ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया रानी । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरूको जन्मदिन निकै महत्वपुर्ण रहन्छ । किनकी हरेकका सन्तान उनीहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमूल्य उपहार हुन ।
सबै छोरीको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरूको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ ।
भाग्यमानी रहेछु कि मेरो राजकुमारी तिमिलाइ पाउनु हाम्रो लागी ठुलो सौभाग्यको कुरा हो । तिम्रो आमा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । मेरो जिन्दगीमा तिम्रो उपस्थिति अत्यन्तै महत्वपुर्ण छ, छोरी । 
म स्मरण गर्न चाहान्छु,मेरो लागि सबैभन्दा ठूलो खुसीको दिन २०७९ बैशाख २६ गते सोमबार को दिन थियो । जब तिम्रो आगमनले मेरो जीवनमा सुनौलो बिहानी लिएर आयो । जतिबेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय मेरा निम्ति सबैभन्दा महत्वपूर्ण रहेको थियो । तिमीलाई पाएर मैले जुन खुशी पाएको थिए, म शब्दमा बर्णन गर्न सक्दिन । त्यो क्षण, त्यो समय मेरो लागि एकदम हर्षको अनुभूति र सुखद पल थियो । तिमिलाइ यस धर्तिमा पहिलोपटक नियाल्दा हाम्रो खुशीको कुनै सिमाना थिएन । हामीले हृदय देखि नै तिम्रो आगमनमा खुशी मनाएका थियौ । म जति खुशी थिए सायद त्यो भन्दा कैयौं गुणा बढि खुशी तिम्रो बाबा खुशी हुनुहुन्थ्यो ।
अत्यन्तै कठोर सन्तान नहुँदाको पिडा, समाज ,परिवारको रुखो शब्द र कठिन संघर्ष पश्चात् पाएको भगवान को आशिर्वाद हौ छोरी तिमी। जिन्दगीको सबैभन्दा ठुलो उपलब्धिको हौ तिमि। हाम्रो लागि तिमी जन्मेको पहिलो महिनादेखि हरेक महिना जन्मदिनको उत्सव मनाउँथे हरेक क्रियाकलापमा पलपलमा खुसीको सिमा थिएन,बामे सारेको पल आहा कति खुशी तोते बोली ओहो स्वर्गीय आनन्द लाग्थ्यो । ताते ताते गर्दा गर्वले छाती चौडा हुन्थ्यो। पहिलो अन्नप्राशन जिन्दगीको स्वर्गीय पल थियो जब एक वर्ष पुग्यो भब्य जन्मदिनको महोत्सव मनाइयो ।
यसैगरी हरेक पल हाम्रो लागि स्वर्गीय आनन्दमय भएको छ पहिलो दोस्रो हुँदै आज ३ वर्ष पूरा हुदैछ हाम्रो सानी राजकुमारी आज स्कुलमा पिजि हुँदै नर्सरी मा पुगेको छ ।
बाबा मम्मिलाई माया गर्ने मायालु ,सबैकी प्रीय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानी पनि भएको अनि मीठो तोते बोल्ने भएको छौ।जन्मेको पहिलो महिनादेखि हरेक महिना जन्मदिनको केक काटेर सेलिब्रेट गरेपनि कहिलै नपुग्ने रहेछ आमाको मन । जीवनमा ठूलो भन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहने छ ।
"तिमी केवल सफल मात्र नभई, अर्थपूर्ण र संसारकै खुशी जीवन जिउन सकोस्,समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको पात्र बन्न सकोस्, ज्ञान र चेतनाले भरिएको यात्रामा तिमीले आफ्ना सपना सहजै साकार पार्न सकोस्।"तिमी भोलिको नेतृत्व, सभ्यताको प्रतीक र परिवर्तनको दियो बन्न सकोस् — जसको उज्यालोले केवल आफैलाई होइन, अरूलाई पनि बाटो देखाउन सकोस्।
हरपल ब्राह्मणको आशीर्वाद मिलिरहोस् । बाबा र मामुको आशिर्वाद छ।हाम्रो मात्र होइन सिंगो समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनु, आशीर्वाद छ तिमीलाई ।फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्न, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउँदै लड्ने शक्ति मिलोस्, तिमीले चालेको प्रत्येक पाइलाले सफलताको शिखर चुम्न सकुन।
तिम्री मम बाबाको तर्फबाट तिमीलाई तेस्रो जन्मदिनको लाखौँ लाख शुभकामना मेरी प्यारी गुडिया छोरी।
ह्यापी बर्थडे छोरी
जन्मदिनको धेरै धेरै शुभकामना छोरी।
सदा सदा शुभ -आशिर्वाद ।।