दोहा : प्रवासको व्यस्त जीवन,५० -५५ डिग्रीको घामको राप,त्यहिपनि केहि हप्ता देखी लगातार तीज कार्यक्रमको तछाड, मछाड ।
जब चाडबाड नजिकिन्छ, तब कतारमा सांगीतिक कार्यक्रमको आयोजनामा तछाडमछाड चल्छ । नेपालबाट चल्तीका कलाकार ल्याएर दर्शकलाई नचाउने यहाँ सँस्कृती नै बन्दै छ ।
तीज आउन ६ दिन बाँकी रहेपनि कतारका दोहा / सनैयाँ / अल्खोर लगायत विभिन्न सहरमा तीज सम्बन्धी कार्यक्रम दुई साता अघिदेखि नै सुरु भएको छ । गत शुक्रबार मात्रै ९ भन्दा बढी संघ संस्थाले तिज लक्षीत कार्यक्रम सम्पन्न गरिसकेका छन !
केही संस्थाले भने आन्तरिक "दर खाने" कार्यक्रम गरिरहेका छ्न । त्यस्ता कार्यक्रमहरुमा नेपाली महिलाहरुको उपस्थिति बाक्लै रहेको पाइएको छ ।
आयुषा मैकअप सैलुन र अलदाना सैलुनको आयोजनामा आयोजित हरितालिका तिज कार्यक्रमको लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायिका
देवी घर्ती मगरले प्रस्तुति दिएर स्वदेश फर्कीसकेकी छ्न । कार्यक्रममा हल क्षमताभन्दा बढी दर्शक आएपछि हलमा प्रवेश नै नपाएको व्यापक गुनासो आएको थियो ।
त्यसैगरि आउँदो शुक्रबार नेपाली महिला समाजले " रमाइलो तीज कार्यक्रमको" आयोजना गरेको छ । कार्यक्रमको लागि कतारमा स्थापित ७५ संघ - संस्थाले सहयोगी संस्थाको रूपमा नाम टिपाएका छन ।
तीज कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार टीका पुन र रेजिना परियार लगायतको आकर्षक प्रस्तुति रहने छ । त्यसैगरि कतारमा आफ्नो कला मार्फत परिचय बनाइसकेका दर्जन भन्दा बढी कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक संस्थाले जानकारी गरायो ।
बरू तीज कै दिन भने खासै कार्यक्रम आयोजना भैरहेको छैन । तीज मंगलबार परेको र त्यो दिन छुट्टी नपरेको कारणले पनि यस सम्बन्धि कार्यक्रम अगाडि गर्नु परेको आयोजक बताउँछन् । तर सोहिदिन थुप्रै नेपाली महिलाहरुले आन्तरिक रुपमा तीज मनाउने जानकारी गराए । पछिल्लो समय नेपाली "family " परिवारको जनसंख्या पनि बढीरहेको छ । कतारमा तीज सम्बन्धित कार्यक्रम अगस्ट ३० शुक्रबार सम्म पनि जारी रहने छ्न ।
यस्ता कार्यक्रमले विदेशमा खर्चलाई बढावा दिएपनि, प्रवासमा रहेका नेपालीहरुलाई नजिक बनाउँदै एक आपसमा हुने आत्मीयता, स्नेह, सद्भाव र चेली माइतीको सम्बन्धलाई अझै प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको कतारमा कार्यरवत विभिन्न व्याक्तित्व हरु बताउन्छ्न ।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो ।