
सुरेशकुमार पाण्डे, भुटानी शरणार्थी प्रकरण र सरकारको भूमिका भनेको आफै बोक्सी र आफै झाँक्री जस्तै भएको छ।यो भ्रष्टाचारको डोरी तन्किंदै जाँदा कति जेलिँदै जान्छन् त्यही अनुपातमा यसको आयु रहने छ। तर अहिले यो अभियानमा कयौं व्यक्तिहरूको राजनीतिक भविश्यमा प्रश्न चिन्ह भने पक्का पनि तेर्सिएको छ। पर्दा बाहिरको थोरै अभिनय र पर्दा भित्र ठुलो जमातको छुट्टा छुट्टै किरदार हुनसक्छ।
एउटा भ्रष्टचारको गुत्थि लाई दवाउँन पर्दा भित्रबाट अर्को भ्रष्टाचारको फाइल खुल्छ।जस्तै एउटा झुठलाई लुकाउन अनेक झुट बोलिन्छ त्यस्तै प्रकारले अहिलेको यो प्रकरण हो।हिँजो मिटर ब्याज प्रकरण जब ठुल्ठुला मगरमच्छ तानिन थाले पछि त्यसलाई छानविनको आयोगमा थन्काएर भुटानी शरणार्थी प्रकरण सुरूभयो।अहिले सम्म टोपबहादुर उनका छोरा लगायत १२जनालाई हिरासतमा लिएर अनुसन्धान गर्दैछन्।
अब यसलाई थन्काउन पनि आयोग गठनको अभियान सुरू गरेर कुनै अर्को प्रकरण शुरू हुन सक्छ।अहिले मात्र होइन बिगतका वर्षहरूमा पटक पटक यस्तो हुँदैआएको हो?साच्चिकै भन्ने हो भने विस.२००७ साल यताको देशको राजनीति परि घटनालाई अध्ययन गर्नेको भने हामिले प्रष्ट रुपमा देख्न सक्छौँ।
पञ्चायतकालमा भूमिसुधारको नाउँमा गरिबहरूको भूमी खोसियो।जमिन्दारहरूले भूमी प्रशस्तै ओगटेका थिए।कयौं मण्डलेहरूले जमिन दिन्छौं भनेर त्यो वेलामा पनि लाखौं रूपियाँ ठगेको कुरा सुनिन्थ्यो।साँचै भन्ने हो भने छिमेकी मुलुकले भुटानहरूलाई पठाएको हो।त्यसो मैले किन भने?किनकी भारतीय भूमिबाट देशभित्र छिरेका भुटानी शरणार्थी त्यही भूमिलाई प्रयोग गरेर देश फिर्ता जाँदा भारतले रोकेको खबर सार्वजनिक भएको थियो।भुटानीहरू नेपालमा मात्रै छैनन् भारतमा पनि ठुलो संख्यामा छन्।स्वयं दलाई लामाहरू भारतमा सरण लिन पुगेका हुँन्।नेपाल जस्तो एउटा गरिब राष्ट्रको लागी एउटा बोझ र गम्भिर समस्याकै रूपमा भुटानी शरणार्थीहरू सन १९८८मा भुटानी सरकारको जनगणनामा नागरिकता बाट वंचित भएका थिए।२०४८साल जेष्ठ ७ गते देखी भारतीय बाटो हुँदै नेपालमा प्रवेश गरेका हुँन्।उनीहरूलाई स-सम्मान स्वदेश फर्काउन नेपाल र भारतको बिचमा२०५० साल साउनको तिन गते गृहमन्त्री स्तरमा संयुक्त समिति गठन गरेर कयौं चरणमा बार्ताहरू भएका थिए।
उनीहरूले नसकेर परराष्ट्र मन्त्रालयमा सारेका।यसरी आँम मानिसको भविश्य सँग खेलवाड गर्नेकाम हुलदै आएको देखिन्छ।नेपालमा भुटानी शरणार्थी जस्तै अबस्था सुगौलीको सन्धिबाट जमिन सँगै भारतमा गएका नेपाल मूलका भारतियहरूलाई नगराउला भन्न सकिदैन।उनीहरूले बिगत केही वर्ष पहिले राष्ट्रिय कुनै नियम बनाएर नागरिकताबाट वंचित गर्ने प्रयत्न नभएको होइन्।
हाम्रो देशमा भ्रष्टाचार फैलिनेमा बिदेशी शक्तिहरूकै भूमीका बढी रहेको हुन्छ।उनीहरूकै इसारामा देशको सरकार भन्छ र बिग्रिन्छ। भ्रष्टाचारी गतिविधिहरू मौलाउँछन्। राष्ट्रियताको हितमा विकासमा वा देशको पक्षमा आवाज उठाउनेहरू कसैका दुर्घटनामा मृत्यु भएकाछन।कालापानीमा अतिक्रमणको बारेमा आवाज उठाएका प्रेमकुमार धामीको रहस्यमय तरिकाले जिप दुर्घटना भयो।छानविन आयोगले के गर्यो?मदन भण्डारी जिवलाल आश्रितको दुर्घटना भयो त्यसको अहिले पनि दोषि राज्यले फेला पारेन।देशभित्र राजदरबार हत्याकाण्ड जस्तो जघन्य अपराध भयो त्यसको बारेमा अझै पनि समाधान हुँन सकेको छैन्।विकासका त कतै सिन्को भाँचिदैन बरू लगभग देशको बिनास भएको छ।देशभित्रका कयौं कम्पनीहरूलाई निजीकरण गरियो वा बन्द गरियो।जसले देशको पक्षमा गणतन्त्रको हितमा इमानदारी सँग लड्दै आएको छ त्यसको अवस्था दयनिय र दर्दनाक छ।
मुलुकमा सङ्घीयता जस्तो अनावस्यक खर्चिलो व्यबस्था लागुगरेर अर्थ व्यबस्था चौपट गरियो र एउटा अखण्ड देशलाई विखण्डन गरेर अहिले बाइसे चौबिसिय कविलाका नाइकेहरूलाई देशको भागबण्डा गरिएको छ।
यो सबै खेल बिदेशी साम्राज्यवादी शक्तिको योजनामा कयौं जनप्रतिनिधि नतमस्तक भएर देशका लोभी कठपुतली नेताहरूले विदेशीको सेवा दलाली गर्दै आएका छन्।अहिले पनि यो भ्रष्टाचारी फाइल कुन उदेश्यले खुलेको छ यसको रहस्य पछि खुल्दै जाने छ।
देशका जनताको ध्यान एकातिर बटाएर कुनै राष्ट्रघाती मिसनलाई सतह सम्म पुराउने तयारीमा त छैनन्?यो सर्वत्र शङ्काको बिषय बनेको छ।कयौं राजनीतिक दलहरूले विदेशीको दलाली गरेर मोटाएका छन। यसबारे भनिरहनु पर्दैन विदेशीको दलाली नगरेको राजनीतिक पार्टीको बिकास हुन सकिरहेको छैन्।एमाले,एमाओवादी,नेपाली कांग्रेस र मधेशवादी दलहरूको राजनीतिक ताकत भनेको बिदेशी शक्ति केन्द्र नै हो।तर अरू साना दलहरू इमानदार देशभक्त भएपनि उनीहरूको बिचमा स-साना बिषयलाई लिएर सधै झैझगडा टुट फुट हुनाले यसको फाइदा पनि तिनै भ्रष्टाचारी समूहलाई मिल्दै आएको छ।
कुनैपनि राजनीतिक पार्टी बिचारले मात्र बलियो हुँदैन बरू बिचारलाई ब्यवहारिक गरेर जनताको मत लिन सकिन्छ।हामी एउटै वर्गका देशभक्तहरू र परिवर्तन चाहनेहरूको एकताले ठुलो महत्व राख्दछ।तर हाम्रो समाज जातियता र बिभिन्न बिदेशी दलालहरूको झोले बनेपछि राष्ट्रियताको जगेर्ना गर्नसक्ने शक्तिको रूपमा बिकास हुन सकेको छैन र पद प्रतिष्ठाको लागी मरिहत्ते गर्दा सिङ्गो बर्ग सङ्घर्षमा असर पुगेको छ।
देशभित्र नयाँ नयाँ पार्टीहरूको जन्म हुन्छन र सेलाउँछन्।त्यसो हुनु भनेको जनताले कुन नेतालाई अगाडी सारेर देशले निकास पाउला भन्ने आधारमा मत दिएका हुन्छन्।अहिले घन्टीको उदय पनि त्यसैको परिणाम हो।जनताले सधै चर्का नारा र हो हल्ला गर्नेहरूको पछि लागेर आफ्नो मुक्तिको सपना देख्छन् तर उसले भने मौका हेरेर विदेशीको दलाली गर्छ।जसले गर्दा हाम्रो थोरै गलतीले देश नै धरापमा परेको पत्तै लाग्दैन। जनताले देशको बिकास चाहान्छन् देशको रक्षाका लागी प्रतिनिधी छानेर पठाउँछन् तर उनै कथित जनप्रतिनिधिहरू विदेशीको कठपुतली बनेर देशको खोइरो खन्छन्।विदेशीहरुले त्यसैलाई शरण दिने गरेको छ।तिनैलाई क्षणिक रूपमा भएपनि सम्मान गरेको छ।तर आफ्नो स्वार्थ पुराभयो भने खोस्टा बनाएर फोहोरमा फाल्छ।अहिले पनि जुन खेल देश भित्र खेलिँदै छ त्यो खेलको लगाम अन्यत्रै हुनसक्छ जो कुराष्ट्रघाती मस्यौदालाई पारित नगर्दा सम्म यो अबस्था रहिरहन्छ।
हामिले बिगतको वर्षमा दुई तिहाई बहुमतको वामपन्थी सरकार समेतलाई बिघटन गराएर बिदेशी स्वार्थ पुरा गर्ने काम गरियो।त्यो वेला अमेरिकी साम्राज्यवादले एम सीसी र छिमेकीको दवाबमा आएको नागरिकता बिधेयक सँगै चुच्चे नक्साका मुद्धाहरु थिए।उनीहरूले पुसको पाँचमा रातारात संसद बिघटन गराएर देशलाई प्रतिगामी बाटो तिर ढेकल्दैगर्दा त्यो रोक्नकै लागी बनेको सरकारले नै एमसीसी लाई पारित गराएर छाड्यो।चुच्चे नक्सा नक्सामा मात्र सिमित रहेको छ।
माथिका कयौं उदाहरणले पनि अहिलेको यो भुटानी शरणार्थी प्रकरणको फाइल कहाँ सम्म पुग्ला भनेर अनुमान गर्न सकिन्छ।भर्खरै टोप बहादुरले दिएको बयान पनि बाहिर आएको छ।त्यसबारेमा पनि सम्बन्धित निकाएंको ध्यान पुग्नुपर्छ।