दोहा, कतार
गैरआवासीय नेपाली संघ कतारले बीस हजार थान सेनिटाइजर नेपाली समुदायलाई बितरण गरेको छ ।
कोरना भाईरस महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि तथा रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा प्राप्त सेनिटाईजर विभिन्न ठाँउमा पुगेर वितरण गरिएको हो ।
कोरना कहरको शुरूवात देखि नै कतार सरकारका विभिन्न निकाएको सहयोगमा एनसिसि कतारले नेपाली समुदायलाई स्वास्थ्य सामाग्री तथा खाधान्न हजारौं नेपाली समुदायलाई वितरण गरेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बताए । गैरअवासायी नेपाली संघ कतार मजदुरको हितमा काम गर्न सदैव तयार रहेको भन्दै अध्यक्ष मुसलमानले कतारमा कार्यरत कोहि पनि नेपाली समस्यामा परे सम्पर्क गर्न अनुरोध गरे ।
एनसिसि कतारका प्रथम उपाध्यक्ष एवं संघ-संस्था संयोजक जैबी राई चाम्लिङले कतार सरकारबाट प्राप्त खाधन्न तथा स्वास्थ्य समाग्री नेपाली समुदाय सम्म पुर्याउन नेपाली दूतावास र एनआरएनए अभियानता तथा कतारमा स्थापित संघ संस्था र स्वयंसेवकले महत्वपूर्ण समन्वयकारी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे ।
एनआरएनए एनसिसि कतारले कतारको अलेतिया, ग्रेन्डमल, सहानिया, ओमसलाल अलि, कर्नेस, अल्खोर लगाएतका ठाँउमा पुगेर १०० मिलि र ५०० मिलीका सेनिटाइजर वितरण गरेको प्रवक्ता सन्तोष क्षत्रीले जानाकारी गराए ।