दोहा— दुई दिनसम्म चलेको आन्दोलनले देशको राजनीतिक वातावरणलाई हल्लाइदिएको छ। आन्दोलनको प्रभावबाट प्रायः सबै राजनीतिक दलहरू कुनै न कुनै किसिमको संकटमा फँसेका देखिएका छन्। कतै कार्यालय जले,कतै सिद्धान्तहरू कमजोर परे,कतै संगठनात्मक एकता धरासायी भयो,र कतै विचार नै भष्म भएको चित्र देखापरेको छ।
आन्दोलनका क्रममा धेरै दलहरूले आफ्नो सैद्धान्तिक अडान र स्थायी एजेन्डाबाट पछि हट्दै व्यवहारिक राजनीति रोजेको आरोप लागेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार,यो आन्दोलनले दलहरूको वास्तविक सैद्धान्तिक स्वरूप उजागर गरेको छ ।को सिद्धान्तमा दृढ छ,को अवसरवादी।
एक विश्लेषकले भने,कसैको पार्टी कार्यालय जले,कसैको सिद्धान्त, कसैको संगठन,र कसैको विचार नै जल्यो। आन्दोलनले सबै दलहरूको परीक्षा लिएको छ।
तर,यसबीच पनि प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने फरक सन्देश दिएको देखिन्छ।
आन्दोलनका क्रममा पार्टीको कार्यालयमा आगजनी भए पनि एमालेको एजेन्डा झन् तिखारिएको छ। पार्टीभित्रको संगठनात्मक एकता र प्रतिबद्धता अझ बलियो बन्दै गएको बताइन्छ।
एमालेका एक केन्द्रीय नेताले भने,कार्यालय जल्यो,तर हाम्रो विचार र विश्वास अझ मजबुत बनेको छ। हामी विचारका आधारमा अघि बढ्छौं,भवनका आधारमा होइन।
राजनीतिक विश्लेषकहरूको भनाइमा,एमालेले संकटलाई अवसरका रूपमा प्रयोग गर्न खोजेको छ। दलको सैद्धान्तिक दृढता र नीतिगत निरन्तरता नै अहिलेको मुख्य बल बनेको छ।
देशको राजनीति पुनः दिशानिर्देशनको मोडमा पुगेको छ। आन्दोलनले जनतालाई सोच्न बाध्य बनाएको छ सिद्धान्त बेचेर अस्तित्व जोगाउने कि सिद्धान्त जोगाएर अस्तित्व बलियो बनाउने? एमालेले दोस्रो बाटो रोजेको छ।