यूएइ, बरदुबई - एभरेष्ट क्लब याक एण्ड यतिको हलमा किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा याक्थुङ लिम्बूहरुको मौलिक महान चाड़ बिशेष कार्यक्रम चासोक तङ्नाम २०८२ भब्य सफलताका साथ् सम्पन्न भएको छ।
कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे सेमी ज्यूले सभापतित्व गर्नु भएको थियो, र प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगत ज्यू हुनुहुन्थियो । आयोजक समितिको तर्फबाट तुम्याहाङ र केलाङ कलाकारहरु द्वारा सावला साम्बा भवानी अन्छङ्बो ज्यू लगायत अतिथिहरुलाई स्वागत गरि कार्यक्रमलाई औपचारिक रुपमा सभापति, प्रमुख अतिथि, सावला साम्बा र आमन्त्रित अतिथिहरुबाट दियो बाली, राष्ट्रगान गाएर उद्घाटन गरिएको थियो। यस कार्यक्रमको मुख्य बिशेषता चासोक थिसोक रहेको थियो जसमा याक्थुङ मुन्धुम अनुसार नया अन्न बाली चढाएर मात्र खाने परम्परालाई पछ्याउदै चासोक थिसोकको लागि सावला साम्बा मार्फत पुजा बिधि सम्पन्न गरिएको थियो ।
कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ यूएईकी उपाध्यक्ष रष्ना लिम्बू ज्यूले गर्नु भएको थियो भने चुम्लुङ यूएईका बरिष्ठ उपाध्यक्ष गोबिन्द कुमार लुम्फुवा द्वारा स्वागत मन्तब्य राखी अतिथिहरुलाई स्वागत गरिएको थियो। त्यसैगरी याक्थुङ सयङ संगजुम्भो यूएईका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र सम्बाहाम्फे मिशेक, संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका उपाध्यक्ष लक्किराज बेघा मुक्साम खाम्बेक, अन्तरास्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष बिक्रम पन्धाक मिसाम र प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगत लगायतले शुभकामना ब्यक्त गर्दै मन्तब्य राख्नु भएको थियो। मन्तब्य राख्ने क्रममा अन्तरास्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ यूएईका प्रमुख संरक्षक तथा किरात याक्थुङ चुम्लुङ यूएईका सल्लाहकार बिक्रम पन्धाक मिसाम ज्यूले यूएईमा आबद्ध याक्थुङ लिम्बुहरुले एकता साथै समन्वय गरि एकै ठाउमा कार्यक्रम गर्नको लागि सुझाव गर्नु भएको थियो। त्यसैगरी प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगत ज्यूले कार्यक्रममा आफ्नो मौलिक पहिरन अनिवार्य लगाउन आव्हान गर्नु भएको थियो।
औपचारिक कार्यक्रमकै क्रममा याक्थुङ लिम्बुहरुको मौलिक परम्परा यबालाङ् सावला साम्बा तुम्यहाङ भवानी अन्छङ्बो ज्यूले प्रस्तुत गर्नु भएको थियो भने हाक्पारे साम्लोका मुख्य कलाकार चेसुङ इलामेली, र वहाको साथमा तुम्यहाङ खड्क पन्धाक, लाजेसा सिङ्जाङ्गो, दुर्गा कुरुङबाङ, र मेन्छ्यातर्फ पार्वती थलङ, मिना तबेबुङ, अबिना सम्बाहाम्फे, र रनिता बेघा ले हाक्पारे प्रस्तुत गर्नु भएको थियो।
साथै २०२५-२०२७ कार्यसमितिका मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र हस्तान्तरण र यसै अवसरमा निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कमल लावती र निबर्तमान उपाध्यक्ष तथा सल्लाहकार आइन्द्र बिक्रम वाजिहाङ साम्माङ लाई संस्था र समुदाय प्रति वहाहरुको योगदानको उच्च कदर गर्दै दोषल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमका मुख्य प्रायोजक थुप्पोको थेबे लिम्बू समाज यूएई, साथै BTCC INTERNATIONAL, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, युमा साम्यो महासभा यूएई, याक्थुङ सयङ सङ्जुम्भो यूएई, गोर्खा ज्वेलरी, शुभयात्रा ट्राभल्स, किरात राई यायोक्खा शाखा यूएई, राजु कुरुम्बाङ्, राम कुरुम्बाङ्, दल बहादुर लिम्बू, कमल लावती, लोकेन्द्र पालुङ्गवा, सबिता लिम्बू, सोम सेनेहाङ लिम्बू, बिनिता बान्तवा राई, बिक्रम वजिहाङ साम्माङ, रुपा राई, बहादुर राई, जमुना राई, बिराज केरुङ, खड्ग सिन्जाङ्गो, योगेश निङ्लेकु, प्रेम चेम्जोङ्, बिक्रम पंधाक मिसाम, खड्क पंधाक र सुदिप गुरुङ लगायतलाई लाई स-धन्यबाद मायाको चिनो पनि हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बिशेष अतिथि हरुमा क्रमश: नेपाली समाज यूएई, सवाला साम्बा भवानी अन्छङ्गबो , किरात याक्थुङ चुम्लुङ यूएईका तुम्याहाङ्ग/सल्लाहकार, याक्थुङ्ग सयङ्ग संगजुम्भोका प्रमुख संरक्षक साथै किरात याक्थुङ चुम्लुङ यूएईका संस्थापक सदस्य तुम्याहांग काजिमान लिबाङ, किरात याक्थुङ चुम्लुङ यूएई क्षेत्रिय समिति शारजाह अध्यक्ष लाजेशा सिंजाङ्गो, अन्तरार्ष्ट्रिय प्रवास समन्वय मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई संघीय लिम्बुवान सामाजिक मञ्च यूएई क्षेत्रिय समिति अलऐन, थुप्पोको थेबे लिम्बू समाज यूएई, युमा साम्यो महासभा यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, याक्थुङ सयङ सङ्जुम्भो अबुधाबी यूएई आदिवासी जनजाति युवा महासंघ, नेपाल-शाखा, यूएई, त्यसैगरी अतिथिहरुमा तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, नेवा: पुचः युएई, शेर्पा किदुक यूएई, थारु कल्याण कारिणी सभा यूएई, प्रवासी भुजेल समाज सेवा समिति यूएई, सुनुवार सेवा समाज यूएई, कुमाल समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, ताप्लेजुङ समाज सेवा समिति यूएई, सुनसरी समाज यूएई, पथरी सनिश्चरे समाज यूएई, फोनिज यूएई लगायतका अतिथिहरु हुनुहुन्थियो। 
औपचारिक कार्यक्रम महासचिव भुमी ईधिङ्गो लिम्बू र सचिव दिलिप हाङ आङ्गदेम्बेले सञ्चालन गर्नु भएको थियो भने अन्त्यमा कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष साथै सभापति पोबो थेबे सेमी ज्यूले उपस्थित अतिथिहरुलाई चासोक तङ्गनामको शुभकामना दिंदै कार्यक्रमलाई आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएर औपचारिक कार्यकम समापन गर्नु भएको थियो।
कार्यक्रमलाई सफल बनाउन साँस्कृतिक बिभाग प्रमुख संगीता कुरुम्बाङको बिशेष भूमिका रहेको छ।