दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा तामाङहरुको राष्ट्रिय पर्व मञ्जुश्री संम्वत २८५९ सोनाम ल्होछार ह्योई (तावर बिरालो) बर्ग को कार्यक्रम जनवरि २७ शुक्रबार नहुने भएको छ ।
"तामाङ समाज कतारको" फेसबुकमा आज एक ( प्रेस विज्ञप्ति ) जारी गर्दै प्राविधिक कारण तथा आमन्त्रित अतिथि कलाकारहरुको भ्रमण अनुमति प्राप्त नभएको हुनाले यो विषम परिस्थितिलाई मध्य नजर गरि "मिति २०२३ जनवरी २५ तारिकको ल्होछार मुल समारोह समितिको विशेष बैठकबाट सन २०२३ फेब्रुअरी १७ तरिका शुक्रवार दिनमा" सोहि स्थानमा (ल्होछार ) कार्यक्रम गरिने जानकारी प्रेस विज्ञप्ति मार्फत सुचित गरिएको छ ।
यसबाट हुन गएको असुविधाको लागि दोहा कतारमा स्थापित संघ संस्था र कार्यरत तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरुमा मन्जुश्री सम्वत २८५९ सोनाम ल्होछार मुल समारोह समिति क्षमा याचना गर्दछौं भन्दै ल्होछार मुल समारोह समितिका संयोजक श्री बहादुर पाख्रीनको नाममा प्रेस विज्ञप्ति जारी गरिएको छ।
सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा साँस्कृतिक महोत्सव-२०२३´ मनाउनको लागि नेपालबाट चर्चित सेलो गायक एवं संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा आरजे सबिना तामाङलाई ल्याउने तामाङ समाज कतारले बताएको थियो ।
हेर्नुस् तामाङ समाज कतारले जारी गरेको (प्रेस विज्ञप्ति )
