दोहा : नेपाल प्रवासी तामाङ समाज कतारले तामाङहरुको राष्ट्रिय पर्व मञ्जुश्री संम्वत २८५९ सोनाम ल्होछार ह्योई (तावर बिरालो) बर्गको अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
"आयोजक संस्थाले सामाजिक संजालमा एक सुचना जारी गर्दै "शुभकामना आदान-प्रदान तथा साँस्कृतिक महोत्सव" मिति २७ जनवरी २०२३ मा आयोजना गरिने तय भएता पनि विविध कारण वश मिति परिवर्तन गरि पहिलो प्रेस बिज्ञप्तिमा १७ फेब्रुअरी २०२३ र अन्तिम प्रेस बिज्ञप्ति मार्फत ३ मार्च २०२३ शुक्रबारको दिन आयोजना गरिने बताएको थियो ।
अन्तिम अवस्थामा नेपाल प्रवासी तामाङ समाज कतारले मञ्जुश्री सम्वत २८५९ ह्योई/तावर बिरालो बर्गको अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम यहि मिति ३ मार्च २०२३ अल दोसरी गार्डन, साहनियामा स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिमा गर्न लागिएको जनाएको छ ।
कार्यक्रममा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत अन्य विभिन्न पेशामा आबद्ध रहेका सम्पुर्णलाई कार्यक्रममा उपस्थित हुन तामाङ समाज कतारका महासचिव आशिष् मोक्तान तामाङले आग्रह गरेको छ्न ।
स्थापनाकाल देखिनै तामाङ समाज कतारले नेपालबाट चर्चित कलाकारहरु र यहाँ कार्यरत स्थानिय कलाकारहरुको सहयोगमा (सोनाम ल्होछार ) विविध सामाजिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ।