मुग्लानी खबर भाद्र ७
नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज पर्वको सुभ अवसर पारेर संघीय लिम्बुवान सामाजिक मन्च कतार "महिला बिभाग"को आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ ।
कतारको सनैया स्थित नेपाली रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा कतारमा रहेका स्थानिय दर्जनौं कलाकारको साथमा नेपाली नारी हरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।
रातो सारी,चुरा पोते,छड्के तिलहरी मेहेन्दिमा सजिएका नेपाली चेलिहरु हरु एक आपसमा भेटेर हर्सित बन्दै छमछ्मी नाचेको देख्दा बर्ष दिनमा माइत गएर आफ्ना साथीसंग भेट्दा मख्ख परि नाचेजस्तै देखिन्थे भने कार्यक्रम पनि विशेष बनेको देखिन्थ्यो ।
महिला बिभाग मन्च अध्यक्ष बिनिता राइको सभापतित्वमा र संघीय लिम्बुवान सामाजिक मञ्च कतार अध्यक्ष रेखा राइको प्रमुख आथित्यमा भएको कार्यक्रममा कतारका बिभिन्न सामाजिक संघसस्था, जिल्ला सस्थाहरु,बौद्धिक ब्याक्तित्व,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रम दिप प्रज्वलन तथा राष्ट्रिय गान बाट शुरु गरिएको थियो भने मन्जु सावाले उपस्थित सम्पुर्ण लाई स्वागत मन्तब्य राख्दै स्वागत गरेकि थिइन।
मन्तव्यको क्रममा प्रमुख अतिथि रेखा राइ, अमिना खान लगायतले बोल्दै नेपाली नारीहरुको पर्व तीज मौलिक पर्व भएको र यस्ले सम्पुर्ण नारीहरुलाई एकाबद्द्ता बनाउन सहज मिल्न्ने बताए ।
आजभोलि तीजमा मौलिकता हराउदै गएको प्रती सचेत बन्नुपर्ने बताउँदै समाजको उत्तरोत्तर प्रगती र कार्यक्रम सब्य तथा भब्य रुपमा सफल रहोस भन्ने कामना गर्दै शुभकामना मन्तब्य राखेका थिए। भने औपचारिक कार्यक्रमको सन्चालक सुस्मिताले गरेकी थिइन । त्येस्तै कार्यक्रममा सलिसाम कतारका खेलाडी लाई सम्मान पत्र खादा र बिदाई भएर जन्मभुमी फर्किन लागेका डान्सर तथा कोरियो ग्राफर राज गुरुङलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
बिशेष गरि तिज बिशेष कार्यक्रम "सास्कृतिक मनोरञ्जनात्मक"भएकोले स्थानिय कलाकार हरुकै उत्कृष्ट नृत्य गायन रहेको थियो ।
कार्यक्रममा आफ्नो कला गला प्रस्तुत गर्ने कलाकारहरु, लिम्बुवानी रास्ट्र गायक अमृत कुरुम्बाङ ,चर्चित गितकार तथा सगितकार घनस्याम तिवारी ,मोडेल तथा कोरियोग्राफर राज गुरुङ ,उर्मिला लामा,लक्षमि गिरि, पुजा गजुरेल ,नवीन केसि त्यसै गरि पुनम परियार ,सन्तोष बराइली, रमा तिम्सिना, अन्जली बिक, सुक्दल लिम्बू, मुना गिरि , तारा सोनि सगम लिम्बू,इन्दिरा राई,सुची साक्य ,सुजन राई,टिका लावर, सदिच्छा साहसकार,लक्ष्मी सुनुवार ,बिरेन मादेन लगायतका कलाकारले आफ्नो कला प्रस्तुत गर्दै भरपुर्ण मनोरञ्जन दिए ।
कार्यक्रमका सभापती बिनिता राइले बोल्दै समाजलाई सहयोग गर्नेप्रती आभार ब्याक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोग मिल्नेमा आसाबादि रहेको बताउदै कार्यक्रम समापन भएको घोषण गरिन ।