दोहा, कतार
कतारमा कार्यरत कास्कीवासीहरूलाई एकजुट गराउँदै सामाजिक कार्यमा सक्रिय रहँदै आएको 'कास्की आदर्श समाज कतार'ले आफ्नो दशौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजको उक्त अधिवेशन आगामी शुक्रबार (२ अक्टोबर २०२६) का दिन आयोजना हुन लागेको हो।
अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र गतिमा भइरहेको संस्थाका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिएका छन्। यस अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरी औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिएको छ।
कार्यक्रमलाई थप आकर्षक, सांगीतिक र मनोरञ्जनात्मक बनाउनका लागि कतारमा रहेका स्थानीय पोखरेली तथा नेपाली कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने सचिव केदार भन्डारीले बताए।
कार्यक्रमको विवरण:
मिति: शुक्रबार, २ अक्टोबर २०२६
समय: दिउँसो १२:०० बजेदेखि
स्थान: वेलफेयर रेस्टुरेन्टको सभाहल, प्लाजा मल, कतार
‘कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको यस समाजले कतारमा रहेका सम्पूर्ण कास्कीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजिवी, कलाकार, पत्रकार तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा र आह्वान गरेको छ।