मुग्लानी खबर मङ्सिर २
सुनिता मोक्तान तामाङ / इजरायल
नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
गत शुक्रबार इजरायलको तेलअभिवमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर प्रमुख अथिति रहेका थिए ।
अन्य अतिथि हरुमा एनआरएनए इजरायलकी अध्यक्ष शान्त ज्ञवाली, धर्मगुरु थुप्तेन लामा,संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बि बि योन्जन तामाङ प्रमुख संरक्षक कल्पना मोक्तान तामाङ, शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह योन्जन तामाङ, त्यसैगरी राजनीतिक संघ संगठनबाट जनसम्पर्क समिती इजरायलका अध्यक्ष खगेस्वर अधिकारी, नेपाली समाज इजरायलका उपाध्यक्ष कुमार पौडेल संस्थाका सल्लाहकार हरु माला योन्जन तमाङ, दल बहादुर तामाङ लगायत बुद्दिजीवी समाजसेवी पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल तामाङ घेदुङ, इजरायलले प्रवासबाटै भएपनि आफ्नो भाषा सस्कृति रितिरिवाज परम्परा लाई जोगाउन जुन प्रयास गरेको छ अत्यन्तै सर्यानिया भएको बताउदै आगामि दिनमा पनि अझै अगाडी बढेर समाज सास्कृति जोगाउन लागि पर्नुपर्ने बताए । नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौं वार्षिकोत्सव सफल रुपमा सम्पन्न भएको र आगामी दिनमा अझै अगाडी बढ्नको निम्ति सुभकामना ब्यक्त गरे ।
कार्यक्रममा तामाङ भाषा,साहित्य र शिक्षाको बिकासमा टेवा पुर्याउने उद्धेश्यले एतिहासिक पाँचौ वार्षिकोत्सवको अवसरमा नेपाल तामाङ घेदुङ,इजरायल द्वारा प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा (कबिता )प्रतियोगिता २०१९ आयोजना गरेको थियो । जसमद्धे स्वदेश तथा बिभिन्न देशहरुबाट भाग लिएका प्रतियोगीहरुको ''ह्वाइखा''नेपाल तामाङ घेदुङ, केन्द्रका भाषा, लिपी, साहित्य प्रशिक्षण बिभागलाई उत्कृष्ट ह्वाइखा छनोटको निमित्त पठाएको थियो ।
सम्योजक साहित्यकार अमरध्वाज लामा बल र सदस्यहरु बिना थिङ,राजु स्याङ्तान रहेको समितिले शिर्षक पङ्ती बिचार शब्द चयन र मौलिकताको आधारमा बिजयी छनोट गरी पठाएका नतिजालाई औपचारिक रुपमा प्रथम अन्तरास्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिता २०१९ का संयोजक तथा संस्थाकी भाषा साहित्य बिभाग प्रमुख नानीमाया योन्जनले कार्यक्रममा नतिजा घोषणा गरिकी थिइन ।
प्रतियोगितामा उत्कृष्ट,प्रथम, द्धितिय,तृतीय र चौथो नगद पुरुस्कार स्वरुप क्रमस,नेपाली पन्ध्र हजार, दस हजार, ,पाँच हजार, एक हजार पान सय साथमा प्रमाण पत्र हस्तान्तरण गर्ने घोषणा गरिएको छ ।
बिजेता ह्वाइखाहारु संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ,शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह योन्जन तामाङ प्रमुख संरक्षक कल्पना मोक्तान तामाङले कार्यक्रममा वाचन गर्नु भएको थियो । भने बिजायी प्रतियोगिहरुलाई यही आउदो मङ्सिर ८ गते ताम्बा काइतेन सन्तविर लामाको जन्मजयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ,संघीय कार्यलयको सभाहलमा दिउँसो १:००बजे नगद पुरुस्कार तथा प्रमाण पत्र प्रदान गर्ने भएको छ ।
प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा (कबिता )प्रतियोगिता २०१९ मा भाग लीई पुरस्कार जित्ने प्रतियोगी हरु क्रमस
प्रथम : रुपक जमरा घलान तामाङ, मरिण गाउपालिका-३ बरुण, सिन्धुली
द्धितिय: मणिक तामाङ तेमाल ५ ग्योईखार काभ्रे,
तृतीय: फुल कुमार बोम्जन सिन्धुली कमलामाइ नगरपालिका २
चौथो: युबराज लामा दोरम्बा -५ गोगनपानी रामेछाप
एतिहासिक वार्षिकोत्सव कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापति अनिला मोक्तान तामाङले उपस्थित सम्पूर्ण र ह्वाइखा प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग पाउने अपेक्षा राख्दै कार्यक्रमलाई समापन गरिएको थियो ।