दोहा : बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको चौथो अधिवेशनले श्रीधर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै भव्य रूपमा सम्पन्न गरेको छ।
अधिवेशनले समाजलाई नयाँ गति दिन निम्नअनुसार पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ:
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भुसाल, उपाध्यक्षमा यादव खनाल, महिला उपाध्यक्षमा सरस्वती भट्टराई, महासचिवमा सुधीर विक्रम जिसी, सचिवमा लक्ष्मण पोखरेल, सहसचिवमा देवबहादुर भर, कोषाध्यक्षमा परशुराम खनाल र सह कोषाध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यमा गीता खनाल, लक्ष्मी केसी, भेषराज बेल्वासे, विष्णु बेल्वासे, खुमानन्द बेल्वासे, छविलाल बेल्वासे, भीमार्जन पौडेल र प्रदीप भुसाल चयन भएका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कुलबहादुर केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
निवर्तमान सचिव सुधीर जिसीले ४२ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै कतारमा रहेका कपिलवस्तुवासीका समस्या समाधान, विभिन्न सङ्घसंस्थासँगको सहकार्यका साथै गृहजिल्ला कपिलवस्तुमा शिक्षा, स्वास्थ्य र विपद्का बेला पुर्याइएको मानवीय सहयोग समेटिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि (लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीले प्रवासमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व भुल्न नहुने बताउँदै संस्थागत हित र सहकार्यमा जोड दिए ।
कार्यक्रमका सभापति विवश बेल्वासेले समाजको स्थापनाकालदेखिकै सेवामूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउदै उनले आगामी दिनमा पनि समुदायको हित र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउदै खुल्ला सत्रको कार्यक्रम समापन गरे ।
कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष राजेन्द्र भुसालले र सहजीकरण श्रीधर पौडेलले गरेका थिए । अधिवेशनमा कतारमा कार्यरत ठूलो संख्यामा कपिलवस्तुवासी तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
खुला सत्रमा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो। सो अवसरमा कलाकार, पत्रकार, निवर्तमान कार्यसमिति, संस्थापक समिति तथा लुम्बिनी प्रदेश र कतारस्थित विभिन्न प्रदेश परिषद्हरूलाई सम्मान गरिएको थियो।