अाजको मिति सम्म साउदी अरबको भूभागमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८८५ पुगेको छ भने मृत्यू हेनेको अंक २१ पुगेको छ सफल उपचार भई फिर्ता हुनेको जनगणना ३२८ रहेको नेपाली राजतुतावास रियादको अफिसियल फेसबुक पेजमार्फत उदृत गरेको छ !
मिति २०७६।१२।२० (अप्रिल २, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या १८८५ पुगेको छ ।भने थप १६५ जनामा संक्रमण भएको छ । मक्का, मदिना र जेद्दा क्षेत्रमा आज मात्र१२४ जनामा संक्रमण भएको भेटिएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ३२८ जना निको भएका छन् ५ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्युहुनेको संख्या २१ पुगेको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण भेटिएको छैन ।
साउदी अरबको धार्मिक स्थल रहेको मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित समयका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको २४ घण्टे समयलाई पूर्ण पालना गर्नुहुन नेपाली राजदुतावासले अनुरोध छ । साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किन समेत अनुरोध गरेको छ ।
त्यस्तै गरेर रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म यथावत रहेको जानकारी गराएका छन । कर्फ्यूको पूर्ण पालना गर्न र कोरोना भाइरसको संक्रमणबाट शुरक्षित रहन सम्पूर्ण साउदीमा कार्यरत नेपालीहरूलाई दुतावासले अाग्रह समेत गरेको छ ।
साउदी अरबको नियम बिपरित कुनै पनि सामाजिक संजालमा कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्न सम्पूर्ण नेपाली दाजु,भाइ र दिदी बहिनीहरू सबैमा अाग्रह गरेको छ ।
नेपाली राजदुतावास रियादले जनाए अनुसार साउदी अरबमा कोरोना भाइरसको संक्रमण अत्यादिक मात्रामा दिनानुदिन बढ्दो क्रममा रहेको हुदाँ आगामी दिनहरुमा पनि संक्रमणको चाप बढि रहेको हुदाँ सरूवा रोगबाट र एक अर्कामा संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउन सम्पूर्णमा नेपाली राजदूतावासले अनुरोध गरेको छ !