साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूतावासले जननकारी दिए अनुसार ४ जना नेपाली संक्रमित भएका छन। राजदुतले भने ‘हामीलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको छ’, ‘उनीहरुको अवस्था स्थिर ’ रहेको जानकारी गराएका छन् !
ती नेपाली साउदी अरब कुन प्रान्तमा कार्यरत थिए भन्ने खुलाइएको छैन । साउदी सरकारले स्वदेशी र विदेशी कामदारबीच उपचारमा कुनै विभेद नगरिएको बताए । ‘जो जो नेपाली भाइरसबाट संक्रमित हुनुभएको छ । उहाँ र उहाँका परिवारलाई ढुक्क हुन अनुरोध दुतावासले गरेको छ, ‘साउदीमा उपचार पद्धति निकै गुणस्तरीय छ । उपचार नि:शुल्क रुपमा हुनेछ ।’ यस भाइरसको संक्रमणबाट बच्न थप सावधानी अपनाउनु आवश्यक भएको तर्फ सबैले गम्भीर ध्यान दिनु आवश्यक भएको छ ।
आज मिति २०७६।१२।२३ (अप्रिल ५, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा बढीमा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४८८ जना निको भएका छन् । आज ५ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपालीहरूमा राजदूतावासले हार्दिक अनुरोध गरेको छ ।
कोरोना भाईरसको महामारी चलि रहेको अवस्थामा पनि कतिपय नेपालीहरुले कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि काम गरिरहनुपरेको गुनासो मुल्लानी खबरलाई बारम्बार जानकारी गराई रहेकाछन् ! भने त्यस्तै गरेर नेपाली राजदुतावासमा पनि टेलिफोन एवं पोष्टहरु गरि सुचना दिएको खबर प्राप्त भएको छ । धेरै कम्पनीहरुले आफ्ना कम्पनीमा अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन् । तसर्थ, आफू कार्यरत कम्पनीमा उपलव्ध संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध छ ।
कृपया सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना माझ पुर्याई एक अर्कालाई मद्दत गरौँ। अाफू पनि बाँचौ अरूलाई पनि बचाउँ !