मुग्लानी खवर - चैत्र २७ बिहिबार
माननीय परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र साउदी अरबका विदेशमन्त्री Prince Faisal bin Farhan Al Saud बीच टेलिफोन सम्बाद भएको छ।
भेटका बेला माननीय परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना संक्रमणको यो कठीन् समयमा साउदी अरबमा रहेका नेपाली नागरिकहरुको कल्याण, सुरक्षा र संरक्षणका लागि साउदी परराष्ट्र मन्त्रीसँग अनुरोध गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्धको धरोहरका रूपमा साउदी अरबमा रहेका नेपालीहरुले साउदी अरबको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । साउदी अरबका परराष्ट्र मन्त्रीले साउदी सरकारले नेपाली नागरिकले यो संकटका बेला स्वास्थ्य उपचार पाइरहेको र रोजगारीको सुरक्षामा आवश्यक ध्यान दिने बताउनुभयो । उहाँले नेपालीहरु कडा परिश्रमी, मिहिनेती र इमान्दार हुने भन्दै उनीहरुको कल्याणका विषयमा हेर्नु साउदी सरकारको चासोका विषय भएको बताउनु भएको छ।
अप्रिल ९, २०२० मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३२८७ पुगेको छ । आज थप ३५५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६६६ जना निको भएका छन् । आज ३ जना संक्रमितकाे मृत्यू भएसँगै हालसम्म मृत्यू हुनेकाे संख्या जम्मा ४४ पुगेकाे छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी भने र प्राप्त भएको छैन ।
कोरोना भाइरसको संक्रमण आफ्नो समुदायका कोहीमा नहोस् भन्नेमा नेपाली राजदूतावास, नेपाली समुदाय र व्यक्तिगतरूमा पनि सबै सजग र चिन्तित रहिआएका छौँ। यो विषय वर्तमान अवस्थामा संवेदनशील समेत बनेको छ । भाइरसको संक्रमण नभएको कसैलाई हल्ला र अनुमानको भरमा संक्रमण भयो भन्नु हुँदैन । यसलाई राज्यले अफवाहको रुपमा लिई कानूनी कारवाही समेत गर्न सक्ने हुन्छ । तसर्थ, कसैमा यो भाइरसको संक्रमण भएको सम्बन्धमा आधिकारिक निकायले जानकारी नगराएसम्म अनुमान र हल्लाको भरमा एक अर्कासँग शेयर गर्ने, आवाज रेकर्ड पठाउने वा पोष्ट गर्ने कुनै कार्यहरु नगर्नुहुन सबैमा नेपाली राजदूतावास अनुरोध गर्दछ । कसैलाई संक्रमण भएको अपुष्ट जानकारी प्राप्त भएमा थप जानकारीका लागि नेपाली राजदूतावासका कर्मचारी वा नेपाली समुदायका आफूले विश्वास गर्ने प्रतिनिधिसँग कुराकानी गर्नुहुन अनुरोध छ । कुनै नेपाली नागरिकमा कोरोना संक्रमणको शंका भएमा स्वयं वा आफू कार्यरत कम्पनी मार्फत् तोकिएको स्वास्थ्य संस्थामा परीक्षण गराउनको लागी राजदुतावासले अनुरोध गरिएको छ।
विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानहरुलाई अनावश्यक छुने वा स्पर्श गर्ने काम नगर्न नेपाली दुताबास रियाद साउदी अरबले जानकारी गराएको छ।