झापा /बसन्त राज सुब्बा
कमल गाउँपालिका वार्ड ४ तोपगाछी खानेपानी उपभोक्ता समिती स्किम न.-१ द्वारा कोरोना ( कोभिड़- १९ ) को सङ्क्रमण रोकथामका लागि खानेपानी अध्यक्ष सूर्य प्रसाद याक्पाङदेनले १ लाखको चेक हस्तान्तरण गरिएको छ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातमा राहत सहयोग १ लाख चेक हस्तान्तरण गरिएको हो।विश्वमा कोरोना भाईरसको उच्च जोखिम रहेको छ । आज बिश्वमा १७ लाख ८० हजार भन्दाबढी मानिसहरु यसको संक्रमणबाट प्रभावित भएको अवस्था र १ लाख ८ हजार ९ मानिसले यसै संक्रमणका कारण जीवन गुमाउन पुगेका छन।
झापाको कमल गाउँपालिकामा ७ वटा वड़ा ५८ वटा टोल रहेको छ । यस लकडाउन प्रभावले अति विप्पन परिवार र दैनिक जेला मजदूरी गरेर जीविका आर्जन गरेकाहरुलाई निक्कै कष्टकर भैइरहेको छ। अध्यक्ष मेनुका काफ्लेले लकडाउन समयावधी बढ्ने बित्तिक्कै राहतको कार्य फेरि पनि गर्नु पर्ने बताउदै कोषमा जम्मा भएको रकम र खर्च भएको कुरा एकदमै पारदर्सी हुने र सबै सार्वजनिक गरिने कुरा बताएकी थिइन ।
त्यस्तै तोपगाछी खानेपानी उपभोक्ता समिती स्किम
स्किम न.-१ अमलडाङ्गी अध्यक्ष तथा संघीय लिम्बुवान मञ्चका केंद्रीय सदस्य सुर्य प्रसाद याक्याङदेनले खानेपानी पहिले भन्दा धेरै राम्रो स्वच्छ व्यवस्थित रहेको स्थानीय उपभोक्ताहरुले समेत सहयोग गरी नै आएको उपभोक्ता घरदूरी ८९६ रहेको छ । स्थानियहरुको गुनासो नरहेको र खानेपानी समितिको हिजो बसेको बैठकले पारित गरेर केहि भए पनि राहत होस भनी खानेपानी कै कोषमा भएको रकम मध्ये बाट राहत रकम दिएको बताए ।
यस हस्तान्तरण कार्यक्रममा खानेपानीका उपाध्यक्ष- रामचन्द्र बराल, सचिब-सुर्य दंगाल कोषाध्यक्ष-उमा पोख्रेल, लेखासम्योजक -कुबेरधन अधिकारी,सदस्य-छत्र फागो, सदस्य-मधुसुदन अधिकारी, वार्ड न. ३ अध्यक्ष नर प्रसाद दंगाल,वार्ड ४ का अध्यक्ष प्रेम बहादुर राई, बिरेन्द्र अधिकारी, मोहन श्रेष्ठ,मिना ओझा, अधिकृत-सुबास श्रेष्ठको उपस्थिती रहेको थियो।