राधा पाण्डे
कपिलबस्तु वैशाख ६ शुद्धोधन गाउँपालिकाद्वारा बिपद ब्यबस्थापन राहत कोष खडा गरिएको छ । गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेयको संयोजकत्वमा बिपद ब्यबस्थापन कोष खडा गरिएको हो । उक्त कोषमा पालिकाको बिभिन्न शिर्षकहरुको रकामान्तर गरेर कोष खडा गरेको हो ।
कर्मचारी तथा जनप्रतिनिधीहरुको तालिम , कृषि बन बातावरणका लागि छुट्याईएको कार्यक्रम अन्तरर्गतको रकमलाई रकमान्तरण गरि बिपत कोषमा ३२ लाख रुपैंया जम्मा गरिएको हो शुद्धोधन गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाका सम्पूर्ण वडाहरुका गरिव , बिपन्न र असंगठित मजदुरहरुकालागि राहत बितरण गरिसकेको छ । ६ वटा वडाका १ हजार ७ सय ४५ घरधुरीका परिवारलाई १० किलो चामल , २ किलो दाल, ५ किलो आलु , नुन , प्याज र तेल १÷१ किलोको दरले बितरण गरिएको गाउँपालिकाका अध्यक्ष निसार खाँले बताएका छन् । पालिकाका १ हजार ७ सय ४५ घरका असंगठित मजदुरहरु मध्ये १ सय १० घर परिवारका मजदुरहरुलाई सिद्धार्थ सामाजिक बिकास संस्थाले राहत बितरण गरेको हो ।
भने १ हजार ६ सय ३५ घर परिवारलाई गाउँपालिकाका उपाध्यक्ष एवं राहत ब्यबस्थापन समितीका संयोजक सुधादेबी पाण्डेयको संयोजकत्वमा राहत बितरण गरिएको हो । कोरोना भाईरसको संक्रमणले बिसम परिस्थिती ल्याए संगै भएको लकडाउनले गाउँपालिकाका गरिव , बिपन्न र असंगठित घर परिवारहरुको लगत संकलन गरि राहत बितरण गरिएको अध्यक्ष खाँले बताए ।
यस बिसम परिस्थितीमा कुनै पनि ब्यक्तीहरुलाई भोकभोकै बस्न नपर्ने समेत उनले बताए । यस्तै जिल्ला बाहिर देखी वडा नं.४ र ५ ले १५ जना पर्यटकका लागि नेपाल आएका भारतीय पर्यटकहरुलाई १५ दिन सम्म पुग्ने रासन उपलब्ध गराएको छ । बिठुवाले १५ जना साधुहरुलाई र लवनीले १५ जना बिभिन्न कामकालागि गाउँपालिकामा आएका मजदुरहरुलाई पन्ध्र दिन सम्म खान पुग्ने गरि रासन उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । यस्तै पालिकाको ६ वटा वडामा एक एक क्वारेनटाईन स्थापना गरिएको छ ।
८१ जना ब्यक्तीहरु क्वारेनटाईनमा रहेकोमा अहिले १४ जना रहेका छन् । जस मध्ये ६७ जना ब्यक्तीहरुलाई आरडिटि परिक्षण गरि रिपोर्टको आधारमा होम क्वारेनटाईनमा बस्न भनि घर पठाईएको छ । यी ८१ जना ब्यक्तीहरु सबै भारतबाट आएका हुन । पालिकाले क्वारेनटाईनमा राखेका ब्यक्तीहरुलाई खाना , खाजा र हप्तामा एक पटक माछा , मासु तथा फलफुल समेतको ब्यबस्था गरेको छ । पालिकाका ४ वटा वडाका क्वारेनटाईन खाली भएका छन् भने २ वटा वडाका क्वारेनटाईनमा १४ जना रहेका छन् । १४ जना मा २ जना महिला रहेको शुद्धोधन गाउँपालिका लबनीका स्वास्थ्य संयोजक असफाक अहमद खाँले बताए ।