विश्व व्यापी रूपमा फैलिएको सरूवा भाइरस कोरोनाको प्रकोपमा युएईको आवुधाबीमा स्थित कोरोना पिडित राख्ने सिविरमा म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालीका वडा नम्बर ८ स्थायी घर भएका प्रेम पुर्जा आईसोलेसनमा बसेका छन् ।
युएईको आवुधाबीमा चार साल अगाडि देखि एक कम्पनीमा सुरक्षा गाडको रूपमा कार्यरत प्रेम विदाबाट फर्किएको नौ महिना पछि अप्रिल १२ तारीक पुर्जाले स्वाव परिक्षण गराए, रिपोट १४ तारिक प्राप्त भयो पुन: तीन घण्टामा रिपोट आउने खालको परिक्षण गराउदा पनि कोभिड-१९ पोजेटिभ देखिए पछि कम्पनीलाई अलग्गै राख्न आदेश दिएको थियो ।
अप्रिल १६ तारीक एक रात कम्पनिको आईसोलेसनमा राखेर भोलि पल्ट स्थानिय अस्पतालमा प्रेसर,छातीको एक्स्रे गरे पछि कोभिडका विरामी राख्ने अर्को शहरमा रहेको सिविरमा लग्यो १७ तारीक स्थानिय अश्पतालमा पुर्याएर इसिजि,ब्लड टेष्ट सिटि स्केन भयो अनि तीन घण्टा अब्जरवेसनमा राखे पश्चात् कुनै पनि गम्भीर समस्या नदेखिए पछि आवुधाबी स्थित कोरोना पिडित राख्ने सिविरमा राखेको जानकारी दिएका छन् ।
अचम्मको भाइरस फैलियो जसका कारण मानवियता भंग हुदैछ जुन दिन कोभिड पत्ता लाग्यो सबै मान्छेहरू त्रासले पर पर भाग्न थाले तर पनि उक्त मानव विहिन कार्य देख्दा अलि कति पनि मनमा डर भने भएन किनकि आत्मा वल घटाउनु हुन्न भन्ने विश्वास आफैमा भएको हुदाँ केही हुन्न भन्ने पूर्ण आश थियो, अझ आफ्नो अनुभव अरूलाई पनि सुनाउनु पर्छ ,जनचेतना फैलाउन अत्ति आवश्य भएको प्रेमले आइसोलेसन बाटै जानकारी गराउनु भयो ।
आज सम्म सामान्य अवस्थामा रहेको वताउदै युएई सरकार द्धारा खान बस्न र औषधी उपचारमा राम्रो व्यवस्ता रहेको खुसियाली मुडमा बताए,वहाँले जानकारी दिए वमोजिम सबै घर परिवार आफन्तलाई सुनाउन डराउछन, मैले कसैलाई पनि जानकारी दिन पछि परिन घर परिवार,ईष्ट मित्र आफन्त लगायत संग संस्था नेपाली राज दुतावास युएई लगायत तपाईलाई समेत जननकारी गराउन उचित ठानेर मैले कल गरेको हुँ भन्दै फेसबुक म्यासेन्जरमा भिडियो कल मार्फत जानकारी गराउनु भएको हो।
मुग्लानी खबरसंग उत्साहका साथ जानकारी दिदै भन्नू भयो जीवन एउटा संघर्ष रहेछ हरेस खाएर आत्मावल घटाउने प्रयास कसैले पनि गर्नु हुन्न रोग सबैलाई लाग्छ मान्छे जन्मे पछि एक दिन मर्छ त्यसैले समाजमा अफवाह फैलाउनु भन्दा जनचेतना फैलाएर कोरोनाले आक्रमण गरे पनि त्यो संग लड्न सक्ने क्षमता हामीमा हुन जरूरी छ भन्दै उक्त विषयमा सबैलाई सचेत बनाउन आवश्यक छ भन्दै कुराकानीमा जानकारी गराउनु भएको छ ।