दाङको तुल्सिपुर उपमहानगरपालिका वडा न. १९ स्थित बिजौरी दोघरे टोलले सुरक्षा समिती गठन गरेको छ।
टोलभित्र हुने विभिन्न किसिमका घटनाहरु: महिला हिंसा, लैङिक ,जातिय विभेद, हत्या, अपराध , महिला बेचबिखन, बलत्कार, चोरी डकैती,घरेलु मादक पदार्थ,गाजा भाङ उत्पादन, बेचबिखन तथा सेवन गरि होहल्ला, उत्पादन बेचबिखन तथा सेवन जस्ता क्रियाकलापलाई पुर्ण रुपमा निर्मुल गरि सभ्य समाजको निर्माण गर्नु आम नागरिकको कर्तब्य रहन्छ।गाउँ टोलमा दबेर रहेका अपराधीक गतिबिधिहरुका बारेमा प्रहरी समक्ष खबर नपुग्ने,कतिपय घटनाहरुमा प्रहरी समक्ष भन्न नचाहने हुँदा यदाकदा भयंकर घटनाहरुको समेत सामना गर्नुपरेको हुँन्छ। यस्ता गतिबिधिहरुलाई सुक्ष्म रुपमा टोलकै ब्यक्तिहरुलाई बिस्तृत रुपमा थाहा हुने हुँदा अपराधीक क्रियाकलापको निराकरण गर्न सहज हुने उदेश्य अनुरुप यो समिती गठन गरिएको हो।
अब टोल टोलमा हुने विभिन्न किसिमका अपराधिक गतिबिधिहरुका बारेमा गठित सुरक्षा समिती र प्रहरिको सहकार्यमा समाधान गर्न सहज हुने भएकोले समिति गठन गरिएको हो।
सभ्य, समुन्नत र अपराध रहित समाजको निर्माणमा सम्पुर्ण नागरिकहरू समेत आम नागरिकहरु पनि बर्दी बिनाको प्रहरी हुन।विभिन्न लुकेका छिपेका र गुम्सिएका अपराधहरुको निराकरण गर्न सम्पुर्ण नागरिक तहबाट सम्भव छ भन्ने सोच अनुरुप स्थानिय ब्यक्तिहरुको उपस्थिति तथा हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज स. ई इन्द्र बहादुर पालको ब्रीफिङ पश्चात् शिला बिक को संयोजकत्वमा १३ सदस्यीय समिती गठन गरिएको हो।नव गठित समिती यस प्रकार रहेको छ। १) शिला बि.क - संयोजक ,२)टोप बहादुर केसी - उप सम्योजक ,३)राम बहादुर पुन- सदस्य, ४)दिल कुमारी बुढाथोकी - सदस्य,५)वीर बहादुर वली - नागरिक समाज, ६)चन्द्र बहादुर खड्का- बिधालय शिक्षक ,७)गणेश कु. डागी- संचारकर्मी ,८)बिजय पुन - बाल समिति,९)बिरजङ्ग वली - सदस्य सचिब,१०)कमल पौडेल - सदस्य,११)जिवराज बहकरी- सदस्य,१२) सिद्ध बहादुर डागी- सदस्य र १३) शृजना पौडेल - सदस्य रहेका छन।