हरेक दिन बिहान उठेपछी सकारात्मक सोच राख्नु नै उत्तम मानिन्छ किनकी बिहानीको सकारात्मक सोच बिचारले नै पूरा दिनको सफलता निर्धारण गर्दछ।
जहाँ फुल त्यहाँ वासना जहाँ प्रेम स्नेह त्यहाँ छुट्टै आत्मियताको भावना र भगवानको बास। रीस राग द्वेषको निराकरण,अल्छी लालची र अपराधीक मनोवृत्तिको नष्ट हुने गर्दछ। जस्ले गर्दा सामाजिक सद्भावमा वृद्धि हुने गर्दछ।बिहान उठ्ने बितिक्कै दैनिक रुपमा सबैसँग प्रणाम प्रेम स्नेह मुस्कान र खुसी बाड्नाले आफुलाई मात्र फाईदा होईन आफ्नो नजिक र निकटमा रहेका सबैलाई प्रभाव पार्दछ र आफुसङ भएका केही रोगहरुपनी आफैमा समाप्त भएर जानेछन।
अब दैनिक जस्तो कस्ता कार्यले मानव जीवन परिबर्तनमा बिशेष भुमिका खेल्छन भन्ने बिषयमा चर्चा गरौ ।
१.सूर्यलाई जल चढाउनु : शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।
२. घरको मन्दिरमा पूजा गर्नुहोस् :हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।
३.योग एवं ध्यान गर्नुहोस् : लामो समय सम्म स्वस्थ रहन र शरीरलाई फुर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ । मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।
४. तुलसीमा जल चढाउनु: दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।
५.तोरीको तेलले मालिस गर्नु : दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।
६.तामाको लोटामा राखेको पानी खानुहोस् : बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
७. गाईलाई रोटी खुवाउनुहोस् :सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई खुवाउनुहोस् । हर दिन गाईलाई रोटी खुवाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने र घरमा अन्न र धनको कमी हुन पाउँदैन भन्ने बिश्वास छ।