वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुमा दिनहु जसो कोरोना संक्रमण बढ्ने क्रम जारी रहेको छ।यसै क्रममा शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए ।
भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’ सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन्।