दोहा कतार - लुम्बिनी प्रदेश - विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कतार नेपाली एकता समाजमले दाङको तुलसीपुर ३ राम्री निवासी मृतक लोक बहादुर खडकाको परिवारलाई आर्थिक सहयोग गरेको छ!
दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री घर भई बिगत लामो समय देखी कतारको एक कम्पनीमा कार्यरत लोक बहादुर खडकाको केहि महिना पहिले मृत्यु भई बेवारिसे अवस्थामा भेटिएका थिए ।
मृतक अवस्थामा फेला परेका लोक बहादुर खडका को घरमा ८१ बर्षिय आमा र दुई साना बालकहरु छ्न । श्रीमतिले छाडेर अरु संग गए पछी साना नानिहरु हजुर आमा संगै बस्दै आएका छन। मृतकको आर्थिक अवस्था कमजोर रहेको हुँदा कतारमा रहेको नेपाली दुखी पिडितलाई सदैब आर्थिक नैतिक भौतिक सहयोग गर्दै आएको संगठन कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य कमल आचार्य र बलदेब रानाको सकृयतामा आर्थिक संकलन गरि मृतक खडकाकी ८१ बर्षिय आमा र दुई साना बालकहरुलाई रकम हस्तान्तरण गरिएको छ । २६ हजार आमाको हातमै दिइएको हो भने भने ७० हजार बच्चाहरुको पठनपाठनका लागि बैंक खातामा राखीएको छ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले उक्त कामको सहजीकरण गरेक्क छन। उक्त आर्थिक सहयोग गर्नेहरुमा खिमबहादुर कुमाल, डोलबहादुर कुमाल, प्रकाश कुमाल, तिलबहादुर कुमाल,कृष्ण बहादुर घर्ती , बेल बहादुर गिरी, वसन्त थापा, रामप्रसाद खनाल, धन बहादुर तामाङ , सोभबहादुर कुमाल, केसब भण्डारी , भिमबहादुर नेपाली , भुपेन्द्र ढकाल , पुर्णभन्द्र गौतम , सेसकान्त आचार्य , हरमोनिया मोची, नरबहादुर तामाङ, नवीन लिम्बू, भरत तामाङ , पलिश खत्री र नयाराम चौधरी रहेको मुग्लानी खबरलाई जानकारी गराएका छन।