दोहा, कतारमा रहेर व्यवसायीक यात्रा तय गरेका संमग्र नेपाली व्यवसायीहरूलाई एकता र समृद्धिको लागि स्थापित नेपाली व्यवसायी संघ कतारले अंग्रेजी नयाँवर्ष २०२१ को पावन अवसरमा व्यवसायी नेपालीहरूको उपस्थितिमा शुभकाना आदान प्रदान तथा भेटघाट कार्यक्रम गत विहिवार दोहामा संम्पन्न गरेको छ।
कतारमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई आफ्नो खर्चमा टिकट व्यवस्था गरी स्वदेश फिर्ती तथा कतारमै रोजगार श्रीजना गरी उद्धार गर्ने कार्यमा निकै क्रियाशीलता देखाएको संघको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, संघका संरक्षक तथा कतारका पुराना र स्थापित व्यवसायी डा. देवकाजी डंगोलले संघले अहिले सम्म जसरी संघलाई पवित्रता बनाउने काम गरिएको छ अझ त्यो भन्दा पनि निपुणता दिन आग्रह गर्दै महत्वकाक्षी योजनारहरू भन्दा पनि दिर्घकालिन र सफल योजना तय गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सभापति तथा व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले सभालाई सम्बोधन गर्दै सभामा उपस्थित लगायत कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई नयाँ वर्षको शुभकाना दिदैं कोरोना कहरका कारण पूर्व निर्धारित कत्ति योजनाहरूलाई पूर्णता दिन नसके पनि विश्वभर नै आएको विषम परिस्थितिका विचकतारमा रहेका नेपालीहरू विच रहेर सहयोग गर्न पाउँदा निकै हर्षित रहेको बताए। संघलाई कतार सरकारको मातहातमा राखी विषम परिस्थितिमा रहेका नेपालीहरूको उद्धार गरेको प्रसङ्ग लाई कोट्याउँदै भने, “रोजागार गुमाएकालैइ रोजगार र टिकट जोहो गर्न नसकी समस्या झेलिएरहेका नेपालीलाई टिकट व्यवस्था गरी उद्धार गर्ने मात्र नभई कतार सरकारको मातहतमा रहेका विभिन्न निकाए तथा नेपाली नियोग, गैरआवासीय नेपाली संघ लगाएत विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै उद्धार तथा राहतमा अहोरात्र खटिने काम गरेका छौं। यसकालागी प्रत्यक्ष र अप्रत्यक्ष जोडिने सम्पूर्ण व्यवसायी साथीहरूप्रति हार्दिक कृतज्ञ छु।
“ चौलागाईले थपे, ” हाम्रो संस्थाले संस्थागत रुपमै कतार चेम्बर अफ कमर्ससंग विभिन्न चरणमा बैठक बसी व्यावसायी नेपालिहरु, जो यस संस्था संग आबद्द हुनुहुन्छ उहाँहरुको लागि कतार चेम्बर अफ कमर्सबाट व्यावसायी प्रमाण पत्र उपलब्ध गराउने वातावरण तयार परेका छौँ, जस्ले गर्दा आउदा दिनहरुमा नेपाल बाट यात्रा गर्दा यहाँहरुले नेपाल सरकार बाट जारी गरिनेश्रम स्वीकृतिपत्र लिनु नपर्ने पनि जानकारी गराउन चाहन्छु।”
संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रममा सल्लाहकार टीबी कार्की, संरक्षक बद्रि पाण्डे, सल्लाहकार डा. नितेश अर्याल, उपाध्यक्ष राज रेग्मी लगायतले शुभकामना मन्तव्य राख्दै संघले व्यवसायीहरूको हकहितमा चालेका विभिन्न कदमहरूको उच्च प्रसंशा गर्दै आगामी दिनहरूमा समेत प्रसंशनीय कार्यहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरे। साथै वक्ताहरूले स्वदेशमा समेत संयूक्त लागानी गरी हरेक व्यवसायीहरूको स्वदेशमा सेमत स्थायी व्यवसाय संचालन गर्नु पर्नेमा जोड दिएका थिए।
कतारका स्थापित यूवा व्यवसायी तथा संघका महासचवि रमेश भट्टले संचालन गर्दै संघले संयूक्त लगानी मार्फत हरेक तह र तप्काका व्यवसायीहरूको सहभातिता हुने गरि विभिन्न सम्भाव्यताहरू अध्ययन गरेइरहेको र आवश्यक सुझाव र सल्लाह दिन सबैमा आग्रह समेत गरे। भट्टले संघको नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरीएको जानकारी दिदै भने, “हामी उर्जाशील र कर्मठ हरेक व्यवसायीको उत्साहजनक सहभागिताको अपेक्षा गर्दछौं।
“ अधिवेशनको समयमा सदस्यता लिएका सदस्यहरूलाई कोरोना कहरका कारण समयमा वितरण गर्न नपाईएको सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीहरूले नयाँ वर्ष २०२१ को शुभकाना संगै कोरोना कहर र त्यसबाट सिर्जना भएको समस्याले धेरैको व्यवसायी धरासायी भएको हुँदा त्यसतर्फ संघले ध्यान दिनु पर्नेमा जोड दिएका थिए।
सघ कतार सरकारको मातहतमा दर्ता, कतार सरकारबाट आधिकारीकता प्राप्त गर्ने पहिलो नेपाली संस्था :
नेपाली व्यवसायीहरूको एकतासंगै नेपाल र नेपालीको हितमा क्रियासील रहेको नेपाली संस्था कतार सरकारको फाइनान्सीयल सेन्टरमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको छ। यो दर्ता संगै नेपाली व्याबसायी संघ कतार स्थानीय सरकार संग दर्ता भएको पहिलो नेपाली संस्था भएको छ।
संघले दर्ता प्रमाण पत्र प्राप्त गरे लगतै नेपाली नियोगलाई कतार सरकार संग सुचिकृत भएको जानकारी सप्रमाण पेस गरेको थियो। नियोग कै सभाहलमा पुगेको नेपाली व्यावासायीहरूलाई सम्बोधन गर्दै महामहिम राजदुत डा. नारदनाथ भारद्धाजले संघले आधिकारिक रूपमा कतार सरकारको मातहतमा अगाडी बढेको प्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका थिए। आगामी दिनमा अझ क्रियाशील र उदाहरणिय कार्यगर्नु पर्नेमा जोड दिदै संघले चरणबद्ध रूपमा व्यावसायीहरूलाई कतार सरकारको कतार चेम्बर अफ कमर्स बाट व्यवसायीक प्रमाण पत्र उपलब्ध गराई व्यवसायीक तथा स्वदेश जान आउन सजहिकरण गर्ने योजनामा अथक सहायोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
संघले आउदा दिनहरुमा नेपाली व्याबसायी साथीहरुलाई पर्ने सक्ने कामको समस्या , भाषागत समस्या र अन्य सरकारी समस्या हरुलाई सहज निराकरण गर्न गराऊनको लागि र आवस्यक कानुनी परामर्सका लागि कानुनि परामर्शदाता राख्ने योजना समेत गराएको संघका महासचिव रमेश भट्टले जानकारी दिएका छन्।