नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोतम सुनुवार निर्वाचित भएका छ्न ।
गत शुक्रबार ८ जनवारी २०२१ का दिन सम्पन्न भएको महासंघ कतारको आठौँ महाधिवेशनबाट पुरुषाेत्तम सुनुवार अध्यक्षमा निर्वाचित भएका हुन ।
कतारमा स्थापित संस्था सुनुवार सेवा समाज कतारका संस्थापक संरक्षकसमेत रहेका उनी प्रवास कतार बाटै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छ्न ।
कोरोना कहरले गर्दा भौतिक रुपमा उपस्तिथि जनाएर कार्यक्रम नभएतापनि जूम भर्चुवल मार्फत सम्पन्न भएको कार्यक्रमा संस्थाका अध्यक्ष शिब कुमार भुजेलको सभापतित्व,नेफिन केन्द्र नेपालका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य नेफिन केन्द्रका बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमका बिशेष अतिथि छन्त्यालले मन्तव्य राख्दै अहिलेको बर्तमान अवस्थामा आदिवासी जनजातिहरुले राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक क्षेत्रमा ससक्त हुनु पर्ने बताए
त्येस्तै देश बिदेशमा रहेका नेपालका आदिवासीहरु आफ्नो हक अधिकार, पहिचानको निम्ति जस्तोसुकै कठिनाइ आइपरेपनि पछि हट्न नहुनेमा जोड दिए,
साथै पुरानो कार्यसमितिका अध्यक्ष शिब कुमार भुजेलको कार्यसमितिले धेरै रचनात्मक कार्यहरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ बन्ने निर्वाचित कार्यसमितिलाई अग्रिम बधाई सहित सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुमा नेफिन कतारका सल्लाहकार समितिको तर्फबाट प्रमुख सल्लाहकार देवराज राई, एन आर एन ए एन सी सी कतारका कार्यवाहक अध्यक्ष उत्तम गुरुङ, विदेश स्थित नेफिन युएईका अध्यक्ष महेस मुक्तान, बहराईन अध्यक्ष झहर थप्पोको थेबे, इजरायलका अध्यक्ष पेम्बा डोल्मा होल्मो, बेलायतका अध्यक्ष जंग सुनुवार, र बेल्जियमका अध्यक्ष बाबुराजा लामा, नेफिन कतारमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि बाट शुभकामना मन्तब्य राखेका थिए ।
आठौं महाधिवेशनबाट निर्बाचित नयाँ कार्यसमिति
अध्यक्ष – पुरुषोतम सुनुवार
बरिस्ठ उपाध्यक्ष – भाईकाजी गुरुङ
प्रथम उपाध्यक्ष – राम कुमार मण्डल
द्वितीय उपाध्यक्ष – राजेन्द्र साम्याङ्खाम
महासचिब – एकराज राई
उप महासचिब – धिरेन तामाङ
सचिब – युबराज भुजेल
कोषाध्यक्ष – हरि महतो
सह कोषाध्यक्ष – रविलाल ताजपुरिया
विभागीय सचिबहरुमा क्रमस मिलन भुजेल, बिबस मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, र घनस्याम चौधरी !
संघिय परिषद सदस्यहरुमा क्रमस सन्ध्या सावा लिम्बु, दुर्गा बहादुर गुरुङ, चित्र बहादुर गुरुङ, जीवन राई. पूर्ण बहादुर राई, श्री बहादुर तामाङ, रभी मोक्तान तामाङ, प्रतिन कुमार चौधरी, बिनोद सुनुवार, टेक बहादुर सुनुवार, प्रभात भुजेल, नितेस तन्डुकार, राम बहादुर मानन्धर, लक्ष्मी नारायण मण्डल, तेचिलाल मण्डल, ङाताङ फुरी शेर्पा, रबिन शेर्पा, ज्ञानेद्र कुमार ताजपुरिया र कृष्ण प्रसाद ताजपुरिया ।
नेफिन कतारमा आवद्द मातृ संस्थाहरुलाई संस्थाका प्रमुख सल्लाहकार तथा सभापतिको हातबाट कदर पत्र प्रदान गर्नुका साथै कार्यक्रमको अन्त्यमा सभापति शिब कुमार भुजेलले आफ्ना भनाईहरु राख्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन राख्दै समापन गरिएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव सागर तुम्बाहाङफेले गरेका थिए ।