काठमाडौ , गोकर्णेश्वर नगरपालिकामा मेरुदण्डिय पक्षघात समुहको आयोजना तथा गोकर्णेश्वर नगरपालिका को सहयोगमा दोसो साहासिक ह्वील चेयर प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय सहिद दिवस २०७७ को अवसर पारेर गत शुक्रबार गरिएको प्रतियोगिता ॠषिराम ढकालको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको हो।कार्यक्रममा विशेष अतिथिहरि रास्ट्रीय सहिद तथा शान्ती पार्क निजामती स्मारकका अध्यक्ष सुदर्शन सिग्देल,राष्ट्रिय अपांग सहायता कोषका सभापती रमेश लामा गोकर्णेश्वर नगरपालिका वडा न ८ का अध्यक्ष मनोज ढुंगाना,९ नम्बर का वडा अध्यक्ष राजिब थापा,गो . न. पा . नगर कार्यसमिती सदस्य सत्यमाभा श्रेष्ठ,ओलम्पिक तथा साउथ एसियन गेम्स म्याराथुन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर,गो. न .पा प्रमुख सल्लाहकार दिपक रिसाल,गो. न . पा युवा तथा खेलकुद शाखा प्रमुख राम नारायण शाह,सुन्दर ढोका साथी सेवाका अध्यक्ष कोष बिनास अधिकारी,माकलबारी युवा क्लबका अध्यक्ष सुजन थापा,भगवती युवा क्लबका अध्यक्ष संजय दुधराज लगाएत विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजिबि युवा खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो।
बिशेष गरि देश र जनताका लागि सहिद बन्नु भएका ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष तर्फबाट रमेश खत्री( प्रथम),बिष्णु पुकार श्रेष्ठ ( द्वितीय) र खोम बहादुर पाण्डे ( तृतीय) भएका छन भने महिला तर्फबाट पुजा चौधरी ( प्रथम),इश्वरी कुमाल (द्वितीय ) र रजनी राई ( तृतीय) स्थान हासिल गर्न सफल भएका थिए।प्रथम बिजेतालाई रु १५०००/,द्वितीय बिजेतालाई १००००/- र तृतिय बिजेतालाई रु. ५०००/- रुपैया तोकिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले बोल्दै गोकर्णेश्वर नगरपालिकाले गरेका हरेक गतिबिधी मुलुकका लागि नै उदाहरण भएको बताउदै नगरपालिकाद्वारा गरिएका हरेक कृयाकलाप स्थायित्व कायम गर्ने लाएकका भएको हुँदा आगामी आउने दिनमा जो कोहि आए पनि यस्लाई निरन्तरता दिनुहुनेछ भन्नेबिष्वास लिएको बताए थिए भने सम्पुर्ण प्रतिस्पर्धिहरुलाई सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए।