बागमती प्रदेश- काठमण्डौ स्थित गोकर्णेश्वर नगरपालिकामा ज्येष्ठ नागारिकलाई सम्मान, सांस्कृतिक सचेतना साथै नेवारी पोषाक तथा बाजागाजा बितरण कार्यक्रम सम्पन्न गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा बेसिगाउ नेवा: महिला समुहको समन्वयमा आयोजित कार्यक्रम बेसिगाउ महिला समुहका अध्यक्ष सिमरन श्रेष्ठ ( लामा) तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो।
त्यसगरी उपस्थित हुनेहरुमा गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा न ८ वडा अध्यक्ष मनोज कुमार ढुङ्गाना,वडा सदस्य नन्दलाल श्रेष्ठ,श्रीमती सान्नानी लामा,जिल्ला समन्वय इकाई समितिका सदस्यहरुमा वडा ८ का सदस्यहरुमा डम्बर बहादुर श्रेष्ठ,श्रीमती सोभिता मिजार,शैलेन्द्र कुमार श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुमा छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठ,हामी गर्छौ महिला समुहका अध्यक्ष शोभा दहाल,जल्पादेवी महिला समुहका अध्यक्ष पशुपती दहाल,अन्तरखेल महिला समुहका अध्यक्ष शुस्मा,शिखर छहारी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कल्पना राजचल लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा वडाका वडा सदस्यले मन्तब्यद्वारा स्वागत गरेका थिए भने जेष्ठ नागरिकहरुलाई कार्यक्रमका सभापती तथा प्रमुख अतिथि सन्तोष चालिसे लगाएत बिशेष अतिथिहरुद्वारा गरिएको थियो।त्यसैगरी नेवारी पोषाक तथा बाजागाजा बेसिगाउ नेवा महिला समुहका अध्यक्ष लगाएतका ब्यक्तित्वहरुबाट भएको थियो।
यसैक्रममा कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले बोल्दै नेवारी संस्कृती लिच्छविकाल देखी नै एक बिशेष पहिचान भएकोले यसको जगेर्ना गर्नु सबैको दायित्त्व भएको बताउदै यो कार्यक्रम मात्र प्रयाप्त नभई यसको संरक्षण सम्बर्द्धन प्रबर्द्धनको लागि अगाडि बढ्नु पर्ने बताए।त्यस्ता कार्यक्रमहरु समुदाय स्तरबाट आउनुपर्ने र नगरपालिकाबाट गर्नुपर्ने सहयोगको लागि तयारी रहेको बताएका थिए।