चक्र लामा र किसन लामाको सम्झनामा प्रथम चक्र लामा एन्ड किसन लामा को सम्झनामा प्रथम स्नुकर प्रतियोगिता को उद्घाटन भएको छ।
श्री चन्देश्वरी स्नुकर क्लबको आयोजनामा हुँदै गरेको उक्त कार्यक्रम राजन लामाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ।त्यसैगरी उपस्थित विशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल,काठमाडौं नगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा लगाएत विभिन्न क्लबका प्रतिनिधिहरु राजनीतिक दलहरु लगाएत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बौद्ध फुटबल बिकास क्षेत्रका अध्यक्ष धरम लामा,वडा ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, तामाङ कल्याण गुठी अध्यक्ष खड्क जित लामा, क्षेत्र बिकासका निर्देशक वसन्त लामा,सामुदायिक प्र. कोषाध्यक्ष धनराज वाईवा तामाङ, स्नुकरका पुव खेलाडीहरु निमा लामा, आङकामी लामा,विटा बिष्ट,केनुर जोशी,मोहन कुमार राई,अशोक बज्राचार्य लगाएत्को उपस्थित रहेको थियो। स्वर्गीय चन्द्र लामा र किसन लामाको सालिकमा म्याल्यार्पण तथा दिप प्रज्वलन पश्चात् भएको थियो बौद्ध फुटबल क्लबका अध्यक्ष कार्यक्रममा मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई धर्मवीर लामाद्वारा स्वागत गरिएको थियो।
स्नुकर खेलको बिकास संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धनका लागि आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्नेहरुमा बौद्ध बिकास क्षेत्रका अध्यक्ष चन्द्रमान लामा,स्नुकर संघका अध्यक्ष सरोज कुमार मुल्मी,बागमती प्रदेशका माननीय सांसद छिरीङ दोर्जे लामा र कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले राखेका थिए।
उक्त प्रतियोगितामा भाग लिन अन्तिम टिम दर्ता मिति २६ जनवरी २०२१ सम्म तोकिएको थियो भने प्रतियोगिता ६ फेब्रुअरी २०२१ शनिबार अन्तिम दिन रहेको थियो।खेलमा बिजेतालाई प्रथम पुरुस्कार २ लाख १ हजार तोकिएको छ भने प्रतियोगिता काठमाण्डौको बौद्ध स्थित AJIMA SNOOKER HOUSE हुने भएको छ।कार्यक्रमको सहजीकरण स्नुकर बिकास तथा पुल संघका महासचिव केशबराज अधिकारीले गरेका थिए।