भगवान गौतम बुद्धका बारेमा फैलाईएका भ्रम निवारणका लागि “बुद्धको अमृतमय वचन तथा बाैद्ध परम्परा” नामक बाैद्ध ग्रन्थ प्रकाशन सम्बन्धी अन्तर्कृया कार्यक्रम। २०७७ माघ २८ काठमाण्डौ - बुद्धको अमृतमय वचन तथा बाैद्ध परम्परा” नामक बाैद्ध ग्रन्थ प्रकाशन सम्बन्धी “बाैद्ध विद्वानहरूकाे अन्तरक्रिया कार्यक्रम-२०७७” सम्पन्न गरिएको छ।
भगवान गौतम बुद्ध , बाैद्धदर्शन र बुद्धको जन्मभुमि बारे फैलाइएकाे भ्रम निवारणका लागी लेखिएकाे “बुद्धको अमृतमय वचन तथा बाैद्ध परम्परा” नामक बाैद्ध प्रकाशन सम्बन्धी “बाैद्ध विद्वानहरूकाे अन्तरक्रिया कार्यक्रम- २०७७” गरिएको हो। काठमाण्डाैंकाे माकलबारी स्थित याेल्माे कर्म कुन्गावाे चुक् ल्हाखाङ (याेल्माे गाेन्पा) मा उक्त बाैध्द ग्रन्थका लेखक पूजनीय दुङ्जिन् लाेपाेन रिन्पाेछे दावा साङबाे याेल्माेपाज्यूकाे सभापतित्व तथा परम पावन १७ औं ग्याल्वा कर्मापा ठिले थाये दाेर्जेज्यूकाे पूर्व महासचिब एवं कर्मापा श्यामारनग संघकाे केन्द्रीय अध्यक्ष परम पुजनीय लाेड्राे रब्सेल रिन्पाेछेज्यू को प्रमुख आतिथ्यमा भएको हो। याेल्माे कान्यिङ शेडुप लिङ गाेन्पा पाँचपाेखरी थाङपाल-१ सिन्धुपाल्चाेकको आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित विशेष अथितिहरूमा नेपाल सरकार बाैद्धदर्शन, प्रवर्द्धन तथा गुम्बा विकास समितिका पूर्व अध्यक्ष पूजनीय खेन रिन्पाेछे निमा दाेर्जे याेल्माेपा, इतिहास तथा संस्कृतविद एवं बाैद्ध विद्वान प्रा.डा. रमेश कुमार ढुङ्गेल, श्रध्देय लाेचावा एवं बाैद्ध विद्वान पुण्य प्रसाद पराजुली, श्रध्देय लाेचावा टिका शेर्पाज्यूबाट उक्त बाैद्ध ग्रन्थकाे विषयमा शुभकामना सहितकाे आशीर्वचन प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी परम पावन १७ औं ग्याल्वा कर्मापा ठिले थाये दाेर्जेज्यूकाे पूर्व महासचिब एवं कर्मापा श्यामारनग संघकाे केन्द्रीय अध्यक्ष परम पुजनीय लाेड्राे रब्सेल रिन्पाेछेज्यू को बाहुली बाट दीप प्रज्वलन गरि शुरुवात गरिएको कार्यक्रममा पूजनीय दुङ्जिन् लाेपाेन रिन्पाेछे दावा साङबाे याेल्माेले बोल्दै नेपालीहरु सुन्दर भबिस्यको निर्माण गर्न बिदेशिएका हुन्छन तर त्यहा पुगे पश्चात् नेपालको भाषा संस्कार सस्कृती भुलेर उतैको पाश्चात्य सस्कृतिलाई अबलम्बन गर्ने देखिएको छ जसको कारण हाम्रा ग्रन्थहरु आफ्नै भाषामा नहुनु वा हामिले बुझाउन नसकेका कारण उनिहरुले महत्व नबुझेको हुन सक्ने बताएका थिए भने धार्मिक ग्रन्थहरु आफ्नै भाषामा लेखिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा कर्मापा श्यामारनग संघका वरिष्ठ उपाध्यक्ष कर्मा छेरिङ देन्डुप,श्रध्देय खेन्पाे जित लाल दाेङपा, बाैद्ध विद्वान ज्याम्बा ल,वरिष्ठ समाजसेवी खेम राज काेईराला, ढाेक्प्या किदुगका अध्यक्ष मिङ्मार डण्दुल शेर्पा,सचिब दावा साङ्बाे शेर्पा, उपासिका तथा दानपति श्रीमती साेना याङ्जी शेर्पा,ह्याेल्माे समाज सेवा संघ नेपालका केन्द्रिय अध्यक्ष लामा पेमा दाेर्जे याेल्माेपा,याेल्माे काग्यु साङाग् लाछाेग् का उपाध्यक्ष लामा यारू याेल्माेपा,याेल्माे कर्म कुन्गावाे चुक् ल्हाखाङ गाेन्पाका अध्यक्ष बिरू श्याङ्बाे,नेपाल याेल्माे महिला संघका केन्द्रिय अध्यक्ष फुर्पु साङ्माे याेल्माेपा,वरिष्ठ समाजसेवी श्री रमेश तामाङ, पत्रकार-नेपाली बुध्दिष्ट साेसाइटी,मुग्लानी खबर अनलाईन मिडियाका अध्यक्ष दिल माया तामाङ (राना),रेडियो हिमालयका पत्रकार श्री बुध्दि विश्वकर्म लगाएतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम अबधिभर बाैद्ध विद्वान प्रा. ध्यान बहादुर माेक्तानले गरेका थिए।