काठमाडौं- वसन्त पञ्चमी तथा बिधाकी देबि सरस्वती पुजाको अवसर पारेर गोकर्णेश्वर नगरपालिकामा पिस एन्जलस स्कुलको समुद्घाटन गर्नुका साथै मेयर सन्तोष चालिसेलाई नागरिक अभिनन्दन गरिएको छ।
पिस एन्जलस स्कुलका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक अधिबक्ता राजेश कुमार बिस्टको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा न ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,शिक्षा शाखा प्रुमुख बिजय प्रसाद आचार्य,बरिस्ठ साहित्यकार कञ्चन पुडासैनी लगाएत विभिन्न संघ संस्थामा आवद्ध ब्यक्तित्वहरु, समाजसेबी, बुद्धिजिबिहरु,राजनीतिक जनप्रतिनिधिहरु साथै स्थानिय नगरबासीको बाक्लो उपस्थिति रहेको थियो।
सामुहिक रास्ट्रीय गित गाएर शुरुवात भएको कार्यक्रममा सभापती तथा संयोजक अधिबक्ता राजेश कुमार बिस्टले उपस्थित सम्पुर्णलाई मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।सरस्वती पुजा,सरस्वती बन्दना लगाएत विविध कार्यक्रम रहेका थिए। गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल,प्रमुख सल्लाहकार दिपक रिसाल ,वडा अध्यक्ष राजेन्द्र कुमार भन्डारी, बिधालय ब्यबस्थापक परिवार, जनप्रतिनिधि, बिद्यार्थी लगाएतद्वारा वडा न ३ को वडा कार्यलय परिसरमा शान्ती र्याली निकालिएको थियो।
नगरप्रमुख चालिसेलाई अधिबक्ता राजेश कुमार बिस्ट,संस्थापक पृन्सिपल सुमित्रा थापा लगाएत को टिम सहित स्थानिय बाजा,धिमेखेल,बासुरी र झाकी सहित बिधालय तर्फ सरिक गराईएको थियो भने वडा परिसर चोकमा माल्यार्पण गरि स्वागत गरिएको थियो।पिस एन्जलस स्कुलको समुद्घाटन कार्यक्रममा बिकासप्रेमी तथा समाजसेबी को रुपमा परिचित प्रमुख चालिसेले समाजमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै बिधालय शिक्षक अभिभाबक तथा सम्पुर्ण नगरबासिको तर्फबाट नागरिक अभिनन्दन गरिएको छ।
उनलाई कार्यक्रममा बिशेष अतिथि तथा शिवपुरी गाउँपालिका नुवाकोटका अध्यक्ष रामकृष्ण थापाले अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।नगरप्रमुख चालिसेले बिगत लामो समयदेखी सामाजिक गतिबिधी संलग्न हुँदै आर्थिक सामाजिक राजनैतिक शैक्षिक उन्नतिको लागि ठुलो भुमिका खेलेको नागरिकको भनाई रहेको छ।स्कुले जीवन देखि नै समाजसेवामा लगाव झुकाव भएका प्रमुख चालिसे साहित्यिक,साङ्गितिक क्षेत्र लगाएत बहुमुखी प्रतिभाका धनी समेत भएको बताईएको छ। नगर प्रमुख चालिसेको हातबाट पिस एन्जलस स्कुलको समुद्घघाटन गरिनुका साथै संग्रहालयको निरीक्षण गरिएको थियो।