काठमाण्डौ- नागार्जुन नगरपालिकामा सम्पन्न वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा चन्द्र तामाङ र रमिसा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषिणा भएका छन।
नागार्जुन नगरपालिकाको आयोजना तथा नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको सभापतित्व र पुर्ब उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथिहरु, नगरपालिका अन्तर्गतका दस वटै वडाका वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजिबि तथा खेलप्रेमी, पत्रकार लगाएतको बाक्लो उपस्थित रहेको थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्बमान्य नेता गणेशमान सिंहको १०६औ जन्मजयन्तिको अवसरमा शुक्रबार देखि शुरुवात भएको उक्त प्रतियोगितामा पुरुष तर्फबाट काठमाडौका चन्द्र तामाङ र महिला तर्फबाट रमिसा श्रेष्ठ उत्कृष्ट भई मोटर साईकल तथा स्कुटर हात पार्न सफल भएका हुन। मोटरसाइकल पुरुष तर्फका उत्कृष्ट खेलाडी चन्द्र तामाङ र स्कुटर महिलातर्फबाट उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरेकी हुन।
शनिबार भएको फाईनल खेलमा पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएका हुन।
बक्सिङ प्रतियोगितामा, ५७ केजीमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठ, ६० केजीमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरी, ६४ केजीमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराज, ५१ केजीमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई हराउदै पहिलो स्थान हात पार्न सफल भए।
त्यसैगरी पुरुष तर्फबाट ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राई, ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पा, ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन। पुरुष तर्फका ६४ केजीमा प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गर्दै ललितपुरका सनिल शाही,७५ केजीमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपाली तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताहरुले नगद १० हजार, दोस्रो हुनेहरुले ७ हजार र तेस्रो हुने खेलाडीले जनही ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । सम्पुर्ण विजेता खेलाडीहरुलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत लगायत बिशिस्ट तथा अतिथिहरुका हातबाट पुरस्कार प्रदान गरिएको थियो।