बागमती प्रदेश- गोकर्णेश्वर नगरपालिकामा कोभिड -१९ को महामारीलाई ध्यानमा राखी अक्सिजन थेरापी सहितको अस्थायी आईसोलेसन सेन्टरको उद्घाटन गरिएको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,उपमेयर शान्ती नेपाल,प्रमुख सल्लाहकार दिपक रिसाल,वडा न ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ ,वडा न. ५ का वडा अध्यक्ष नारायण सुवेदी,वडा न ६ का वडा अध्यक्ष रमेश अर्याल,वडा न ८ का वडा अध्यक्ष मनोज ढुङाना,राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगाएत ब्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन गरिएको छ।

नगरप्रमुख सन्तोष चालिसेको हातबाट उद्घाटन गरिएको उक्त अस्थायी आईसोलेसनमा २५ बेड रहेका छन।डाक्टर,अक्सिजन थेरापी तथा एम्बुलेन्सको समेत सुबिधा रहेको उक्त आईसोलेसन गोकर्णेश्वर नगरपालिका लगाएत लाईन्स क्लब इन्टरनेसनल District 325 A1,राष्ट्रिय सहिद तथा शान्ती पार्क,निजामती स्मारक ( यज्ञडोल) जगडोल सामुदायिक वनको सहयोगमा निर्माण गरिएको हो।

नगरप्रमुख चालिसेले बोल्दै यो विषम परिस्थितिमा धेरैभन्दा धेरै हस्पिटल ,एम्बुल्न्स ,बेड, अक्सिजन , आईसोलेसन लगाएतको ब्यबस्थापनको अत्यधिक फोन आउने गरेको बताए।यस्तो अबस्थामा पनि हामिले अस्थायी आइसोलेसन खोल्न सकेकोमा खुशी ब्यक्त गरेका थिए।अब के गर्ने कसरी गर्ने के के आधारभुत आवस्यकता पर्छन भन्ने बिषयमा केही अन्योलता भए पनि सकेसम्म राम्रो गर्दै जाने बताए। यस महान कार्यमा सहयोग पुर्याउनुहुने वडा अध्यक्षहरु, डक्टर,स्वास्थ्यकर्मि,समाजसेवी,जनप्रतिनिधिहरु,कर्मचारी लगाएत सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए।