सन्ध्याग्रुप अल्खोर कतारद्वारा कोभिड-१९ को दोस्रो लहरको महामारीलाई मध्यनजर गर्दै ज्याला मजदुरी तथा रोजगारी गुमाएका पिडित,अनाथ,अपाङ्ग बिपन्न परिवारलाई खाध्यान्न बितरणका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएकोछ।
आर्थिक सहयोग गर्नेहरुमा संस्थाका कार्यसमिती सदस्यहरु, सल्लाहकारहरुमा १) प्रेम प्रसाद भट्टराई - ३५० रियाल,२) राम प्रसाद पराजुली -२०५ रियाल,३) रामजी अधिकारी - २०५ रियाल,४) शंखलाल तामाङ - २०० रियाल, ५) गणेश क्षेत्री - ३०० रियाल,६) सन्तोष केसी - १५० रियाल,७) राज रुजाल - ३०० रियाल,८) नारायण हमाल - १५० रियाल,९) सन्जिब खाती -२०० रियाल,१०) प्रेम घिसिङ - २०१ रियाल,११) अर्जुन पौडेल- १०१ रियाल,१२) भला श्रेष्ठ- ३०० रियाल,१३) ज्योती भट्टराई -११० रियाल,१४) पामेल उपाध्याय - ११० रियाल,१५) बिबिसा लुईटेल -१०० रियाल,१६) नवराज कार्की - १०० रियाल,१७) सुवास खनाल - १०१ रियाल,१८) प्रकाश बोहोरा - १०१ रियाल,१९) इन्दिरा तामाङ -५५ रियाल गरि जम्मा रकम ३३३९ कतारी रियाल संकलन भएको हो।
उक्त संकलित रकम संस्थाका अध्यक्ष गणेश क्षेत्रीले सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली( मुग्लानी खबर)का अध्यक्ष दिलमाया तामाङ (राना) का नाममा नेपाली रुपैया १,०५४३०/-( अक्षरेपी एक लाख पाच हजार चार सय तीस) आर्थिक सहयोग पठाएका हुन।कोभिड -१९ को दोश्रो लहर संगै आफ्नो रोजगारी ,मजदुरी, रोजिरोटी गुमेर समस्यामा परेका बिपन्न परिवारलाई खाध्यान्न बितरण गर्ने उदेश्यले उक्त आर्थिक सहयोग पठाईएको अध्यक्ष गणेश क्षेत्रीले जानकारी गराएका छन।
राहत वास्तविक पिडितको पहिचान गरि सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली तथा मुग्लानी खबर मार्फत बितरण गरिने बताईएको छ।