बागमती प्रदेश, काठमाण्डौ स्थित नागार्जुन नगरपालिका वडा नं. १ रानीवनमा २७० बेडको आइसोलेसन सेन्टर संचालन गरिएको छ। रानिवन स्थित सहरी विकास मन्त्रालयको भवनमा २७० बेड क्षमता भएको आइसोलेशन सञ्चालनमा ल्याइएको छ ।
सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका प्रतिनिधि लगायतको उपस्थितमा २७० बेड क्षमता भएको उक्त आइसोलेशनमा नगरपालिकाद्वारा आवस्यक स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ। सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बस्नेतले बोल्दै घरमा बस्दा स्वास्थ्य समस्या भएका व्यक्तिलाई राख्नलाई आइसोलेशन सेन्टर निर्माण गरिएकाले सेवा लिनको लागि सम्पुर्णलाई आग्रह गरेका थिए ।

यो विषम परिस्थितिमा एक अर्कालाई सक्दो सहयोग गर्नु पर्ने भएकोले नागार्जुन नगरपालिका मात्रै नभई जुनसुकै क्षेत्रका मान्छेहरुपनी बस्न सकिने बताए। नगरपालिका उपप्रमुख सुशीला अधिकारीले नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोग जारी रहने बताइन ।नगरपालिकाको लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा बाँकी बेडको व्यवस्थापनमा गर्ने गरी आइसोलेशन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कार्पेट, तकिया, तन्ना, ब्याङ्केट, चप्पल, बिरामीले लगाउने गाउन, थर्मश, टावेल, मञ्जन, नुहाउने साबुन, पलोमिटर ५० ÷ ५० थान र पल्सअक्सिमिटर दश थान नगर प्रमुख मोहनबाहदुर बस्नेत र नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आइसोलेशन सेन्टरलाई हस्तान्तरण गगरिएको छ। नगरपालिकाले गरेको कामको प्रशंसा गर्दै नेता पौडेलले आगामी दिनमा पनि यस्तै मानविय कार्य गर्न नगरपालिकालाई आग्रह गरे । १०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै उनले कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन तयार रहेको समेत जानकारी दिएका छन।
नागार्जुन नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामचन्द्र लामाले दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २७० बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरेको बताए । आगामी दिनमा वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।