बागमती प्रदेश- काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिका आज एक कार्यक्रमको आयोजना गरि दोश्रो पटक जेष्ठ नागरिकलाई सम्मान गरेको छ। टेकनाथ अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो।त्यसैगरी नगरपालिकाका जनप्रतिनिधिहरु,उन्नती जागरण महिला समुहका अध्यक्ष रबिना धमाल, कर्मचारी बुद्धिजिबी तथा स्थानिय जेष्ठ नागरिकहरु लगाएतको बृहत् उपस्थिति रहेको थियो।
नगरपालिकाद्वारा सम्मानित हुने जेष्ठ नागरिकहरुमा: चन्द्रशेखर आचार्य -९४ वर्ष,भिमादेवी आचार्य-८९,राधदेवी खड्का -८९,देविप्रसाद खतिवडा-८२, टिकाध्वज खत्री -७८,देवकुमारी सिग्देल-७८,जयनारायण सपकोटा-७८,सरजु प्रसाद प्रधान -७८,शिव प्रसाद खतिवडा-७७,नन्द प्रसाद गजुरेल-७७,प्रेम कुमारी गजुरेल -७७,धननाथ आचार्य -७७,धनञ्जय प्रसाई -७७,बुद्धि प्रसाद कोईराला-७७,सुरेश कुमार खनाल-७७,टिकादेबी पान्डे-७७,कुल प्रसाद पौडेल ७६,ईन्द्र बहादुर गोले तामाङ -७५,राममाया तामाङ -७५,शिवमाया धिताल-७५,चन्द्र बहादुर डागी-७५, रहेका छन।त्यसैगरी सम्मानित हुनेहरुमा कमल प्रसाद भट्टराई - ७५,धनमाया तामाङ -७५,डिल्ली प्रसाद पराजुली-७५,खिन कुमारी सापकोटा -७४,शिव प्रसाद सिग्देल-७४,भरतमणि लुईटेल-७४,ईश्वरी प्रसाद पाण्डे-७४,गंगादेवी अर्याल -७३,धर्मकुमारी सुवेदी लगाएतका रहेका थिए।
नगरपालिकामा रहेका जेष्ठ नागरिकहरुको आत्सम्मान तथा खुशी तुल्याउन सम्मान सहित बाजाहरु मादल, हारमोनियम, झ्याम्टा, भजन कृतनका लागि आवस्यक सामाग्रीहरु मेयर सन्तोष चालिसेको हातबाट हस्तान्तरण गरिएको थियो।उन्नती महिला समुहले बिगतदेखी समाजमा सकारात्मक गतिबिधी गर्दै आएकोमा आयोजकले धन्यबाद ब्यक्त गरेको छ।